काठमाडौ – नेकपा एमालेका नेता एवम् पूर्व मन्त्री रविन्द्र श्रेष्ठले दोस्रो विवाह गरेको खुलासा भएको छ। पाँच दिनदेखि सम्पर्कविहीन भएका पूर्वमन्त्री श्रेष्ठले आफ्नै कार्यकर्तासँग विवाह गरेको पारिवारीक स्रोतले जानकारी दिएको छ।
एमाले पोलिट्व्यूरो सदस्य समेत रहेका श्रेष्ठले धादिङ चैनपुरकी सुपेक्षा शिलवालसँग विवाह गरेको बुझएको छ। काठमाडौं मोडल कलेजमा स्नातकोत्तर तहमा अध्ययन गरिरहेकी सुपेक्षा र पूर्व मन्त्री श्रेष्ठबीच केहिवर्षअघि देखि प्रेमप्रसंग चलिरहेको उनी निकट नेताहरुले जनाएका छन्।
मंगलबार सुपेक्षाले पूर्व मन्त्री श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएको टेलिफोन मार्फत परिवारलाई जानकारी गराएकी थिइन्। पूर्व मन्त्री श्रेष्ठको परिवारमा श्रीमती र सत्र वर्षीया छोरी छन्।