स्कूल छुट्टी भएर घर फर्केने क्रममा एक चार बर्षीय बिद्यार्थीको स्कुल बसले किचेर मृत्यु

सर्लाही  – प्राप्त समाचार अनुसार सर्लाहीमा आइतवार अपरान्ह स्कूल छुट्टी भएर घर फर्केने क्रममा एक चार बर्षीय बिद्यार्थीको स्कुल बसले किचेर मृत्यु भएको छ ।

सर्लाहीको लालबन्दीस्थित गोल्डेन फ्युचर एकेडेमीमा पढ्ने आदर्श बस्नेतको स्कुल बसबाट उत्रेपछि पछिल्लो पांग्राले किचेर घट्नास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

बा१ख ६७४४ नम्बरको स्कुल बसले घर नजिकै जब्दी गाबिस-८ मा उत्रेका बालकलाई किचेको थियो । घट्नापछि चालक फरार रहेको प्रहरी निरीक्षक भरतबहादुर बिकले बताए । दुर्घटना गर्ने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।