चलचित्र

भ्यालेन्टाईन डे का दिन क्यू एफएक्स सिनेमाले चलचित्र ‘सानो संसार’ को बिशेष प्रदर्शन गर्ने भएको छ। यस क्रमलार्इ शुरू गर्न कुमारीहलले आइतबार ‘मेरो एउटा साथी छ’ चलचित्रको प्रदर्शन गरेको थियो। यस चलचित्रको प्रदर्शनका समय यस चलचित्रका नायक आर्यन सिग्देल तथा नायिका नम्रता श्रेष्ठ पनि सो चलचित्र हेर्न उक्त सिनेमा भवन पुगेका थिए।


भ्यालेन्टाईन डे का दिन क्यू एफएक्स सिनेमामा पनि चलचित्र सानो संसार हेर्नका लागि नायिका नम्रता श्रेष्ठ पनि जाने भएकी छिन। बिशेष दिन पारेर प्रदर्शन गर्न लागेको यस चलचित्रले युवा जमातलार्इ आकर्षित गर्ने बिश्वास सो चलचित्र भवनका सञ्चालक नकिम उद्दिनले लिएका छन्।