काठमाडौ । नेपाल बैंक १४ वर्षमुनिको जुनियर लिग फुटबल प्रतियोगिता आजदेखि आरम्भ हुनेभएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा हुने सो प्रतियोगिता सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सञ्चालन हुनेछ ।
प्रतियोगिताको पहिलो खेल जावलाखेल युवा क्लब र रानीपोखरी कर्नर टिम -आरसिटी) बीच दिउँसो साढे २ बजे हुनेछ । यही फागुन १७ गतेसम्म जारी रहने प्रतियोगितामा ११ क्लबको सहभागिता रहेको छ ।
समूह ‘क’ मा हिमालयन शेर्पा, बाँसवारी, मच्छिन्द्र र प|mेन्डस् क्लब रहेका छन् भने समूह ‘ख’ मा सशस्त्र प्रहरी बल -एपिएफ), बौद्व, न्यूरोड र मनाङ-मर्स्याङ्दी क्लब रहेका छन् । त्यसैगरी समूह ‘ग’ मा जावलाखेल, थ्रीस्टार र आरसिटी क्लबको सहभागिता रहेको छ ।
खेलतालिका अनुसार आज उद्घाटन खेलमा एक खेलमात्र हुने भए पनि अन्य दिनमा तीन खेल हुनेछन् । प्रतियोगितामा विजयी पहिलो क्लबले ५० हजार र दोस्रोले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका सहभागी क्लबहरूले लिगकम नकआउटका आधारमा खेल्दै उत्कृष्ट क्लबहरू क्वाटरफाइनल, सेमिफाइनल हुँदै फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।