भारतद्वारा श्रीलङकाले प्रक्राउ गरेका भारतीय माझी रिहा गर्न आग्रह

भारतीय विदेशमन्त्रालयले जनाएको समाचारअनुसार , हिजो सत्र तारिखका दिन भारतीय विदेशमन्त्री श्री एस.एक.कृष्णाले श्रीलङ्काका विदेशमन्त्रीलाई टेलिफोटन गरी श्रीलङका सरकारले पक्राउ गरेका 142 जना भारतीय माझीलाई तुरुन्तै रिहा गर्न आग्रह गरेको बताउनुभएको छ।

              श्री कृष्णाले सोही दिन नयाँ दिल्लीमा पत्रकारहरुसँग कुराकानी गर्दै आफूले टेलिफोनमा श्रीलङ्कामा प्रक्राउ गरिएका भारतीय माझीहरुको छिटोभन्दा छीटो रिहा गर्नका लागि आवश्यक कदम चाल्न आग्रह गर्नुभएको छ।

              श्री कृष्णाले भारतीय माझीहरुले श्रीलाकाको समुद्री क्षेत्रमा माछा मार्न गएको कुरा त स्वीकार गर्नु भयो । तर श्रीलङ्काका माझीहरुले पनि भारतको समुद्री क्षेत्रमा माछा मार्ने कार्य गरेका थिए र भारत सरकारले उनीहरुलाई सहिष्णु नीति लागु गर्दैआएको कुरा उहाँले बताउनुभयो ।

              भारतीय माझीहरुको हित र सुरक्षाको प्रत्याभूति गर्नका लागि भारत सरकारले सबै कदम चाल्ने कुरा भारतीय विदेशमन्त्री श्री कृष्णाले बताउनुभएको छ।




images

images


images