पत्रकार महासंघ अर्घाखाँचीको चौथो अधिवेशन सम्पन्न शाखा अध्यक्षमा पन्थी/शान्ति र संविधान निर्माणका पक्षमा कलम चलाउन पत्रकारहरुलाई आग्रह


अर्घाखाँची टाईम्स यूएई डेस्क) – फागुन – ९ – नेपाल पत्रकार महासंघ अर्घाखाँचीको चौथो जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।


अधिवेशनले शोभाखर पन्थीको अध्यक्षतामा १० सदस्यीय जिल्ला समिति र ९ जना पार्ष्को निर्विरोध चयन गरेको छ । पन्थी अर्घाखाँची टाईम्स कर्मी हुन,जिल्ला स्थित रेडियो अर्घाखाँची सँग सम्बन्धित रहेका उनी जिल्ला बाहिर बुटवल तथा अन्य स्थानमा रहेका राष्ट्रिय स्तरका संचार माध्यममा सम्लग्न छन ।


नवगठित समितिको उपाध्यक्षमा हिमबहादुर जि.सी.’लेकाली’,सचिव प्रेमनारायण आचार्य,सह-सचिव ऋषिराम भुसाल र कोषाध्यक्षमा इन्द्रमणि भुसाल रहेका छन् ।

यसैगरी सदस्यमा शेषकान्त ओसन,पार्वता श्रेष्ठ,मधुकुमार श्रेष्ठ,अशोक पौडेल र माया भुसाल चयन भएका छन् । केन्द्रीय पार्षदमा वीरेन्द्र के.सी., प्रेमनारायण गैरे, निमबहादर रिजाल,विष्णुप्रसाद भुसाल,सहयोगी वि.सी.,विष्णुकुमार आले, र खिमप्रसाद मरासिनी चयन भएका छन् ।


अधिवेशनको समापनका अवसरमा मन्तव्य राख्दै पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि सुशील पाख्रेलले मुलुकको चौथो अगंका रुपमा स्थापित पत्रकारहरुका समस्याप्रति राज्य उदासिन भएको बताए।वरिष्ठ पत्रकार तथा निर्वाचन समितिका संयोजक विष्णुप्रसाद खनाल मुस्कानले सत्यतथ्य र यथार्थ समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रह गरे।यसैबीच शान्ति र संविधान निर्माणका पक्षमा कलम चलाउन पत्रकारहरुलाई एक कार्यक्रमका सहभागी वक्ताहरुले आग्रह गरेका छन् ।


नेपाल पत्रकार महासंघ अर्घाखाँचीको चौथो जिल्ला अधिवेशनको उद्घाटन सत्रमा मन्तव्य राख्ने वक्ताहरुले मुलुकमा शान्ति कायम भएको अवस्थामा पनि पत्रकारहरु असुरक्षित हुनु दुःखको कुरा भएको बताउँदै पत्रकारहरुको सुरक्षाको ग्यारेन्टी गर्न सरकारसँग माग गरेका थिए । यसरी मन्तव्य राख्नेहरुमा पत्रकार महासंघ प्यूठान शाखाका अध्यक्ष सुशील पोख्रेल,प्रमुख जिल्ला अधिकारी शुम्भुप्रसाद मरासिनी, पत्रकार महासंघ अर्घाखाँचीका पुर्व अध्यक्ष विष्णुप्रसाद भुसाल,वरिष्ठ पत्रकार विष्णु मुस्कान, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष झविलाल थापा, स्थानीय विकास अधिकारी पुण्य विक्रम पौडेललगायत थिए ।

कार्यक्रम पत्रकार महासंघका अध्यक्ष निमबहादुर रिजालको अध्यक्षता,सचिव शोभाखर पन्थीको संचालन र उपाध्यक्ष रामबहादुर चौहानको स्वागत मन्तव्यमा संचालन भएको थियो।


images



images

images