नेपालले कुवेतमा जारी एसीसी ट्वान्टी-ट्वान्टी महिला क्रिकेटमा लगातार चौथो जीत

काठमाडौं – प्राप्त समाचार  अनुसार एसीसी महिला ट्वान्टी-ट्वान्टी क्रिकेटमा नेपालले मलेसियाविरुद्ध सानदा प्रदर्शन गरेको छ। नेपालले लगातार चौथो खेलमा जित हात पार्दा मलेसिया ९ विकेटले पराजित हुन पुग्यो। १४ ओभरमै निर्धारित लक्ष्य पूरा गर्दा नेपालकी सीता रानाले २१ रनको योगदान दिइन्।

पहिला ब्याटिङका लागि उत्रेको मलेसियाले २० ओभरमा ७ विकेट गुमाउँदै ६८ रन बटुलेको थियो। नेपालले १४ ओभरमै विजय लक्ष्य पूरा गर्नसक्यो।

नेपालले बिहीबार समूह ए को रनर अप टोलीसँग सेमिफाइन म्याच खेल्नेछ।