सेना समायोजन नभए फेरी बिद्रोह- रायमाझी


 

– वीरेन्द्र केसी

सन्धिखर्क, अर्घाखाँची –  माओवादी केन्द्रिय सचिवालय सदस्य टोप बहादुर रायमाझीले माओवादीका सेना नेपाली सेनामा समायोजन नगरे फेरी विद्रोह हुन सक्ने चेतावनी दिएका छन ।


स्थानीय शान्ति समितिले प्रकाशन गरेको शान्ति अभियान पुस्तकको मंगलवार सन्धिखर्कमा बिमोचन गर्दै माओवादी सेनालाई उचित समायोजन नगरे दश वर्ष विद्रोह भन्दा खतरनाक विद्रोह र युद्ध हुने बताए । उनले दश वर्षम्म युद्ध लडेका जनसेनालाई कमजोर ठनिए र बिस्तृप्त शान्ति सम्झौता अनुसार समायोजन नगरेसम्म शान्ति वाहाली र संविधान निर्माणका गंभिर खतरा हुने बताए ।


राजनीतिबाट प्रशिक्षित सेनालाई समायोजन गर्न हुदैन भन्नु काग्रेस एमालेको मर्ुखता भएको आरोप लगाए । हिजो राजाको मातहालमा शाही सेना थिए पछि राजालाई सहयोग नगरेर लाकतान्त्रिक सरकारलाई सहयोग गरे त्यस्तै हिजो जनयुद्धमा छदा माओवादीका सेना थिए भने अहिले ती राष्टका सेना भैसकेकाले समायोजन गर्न ढिलाई गर्न नहुने बताए । सरकारले जनसेनालाई घर पठाए भने उनैले फेरी व्रि्रोह गर्ने संभावना रहेकाले छिटै राष्टिय सेनामा समायोजन गर्नुको विकल्प छैन उनले भने, सेना बाहिर आए देश अन्तरहीन द्धन्दमा फस्न सक्छ । उनले राजनीति भन्दा जातिय रुपमा द्धन्द बढन सक्ने खतरा रहेको बताए ।


शान्ति र संविधानका काम पुरा नभएसम्म द्धन्द पीडितले न्याय पाउन नसक्ने भएकाले शान्ति सम्झौता अनुसार काम गर्नुपर्नेमा काग्रेस एमालेबाट उल्लङघन भएको आरोप लगाए । पुस्तक विमोचन कार्यक्रममा माओवादीका केन्द्रिय सल्लाहकार विष्णुहरि शर्मा,पत्रकार महासंघका अध्यक्ष शोभाखर पंथी प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनी लगायतले मन्तव्य राखेका थिए ।


कार्यक्रम यमुना भुसालको अध्यक्षता, खिम प्रसाद मरासिनीको सञ्चालन र जगन्नाथ भुसालको स्वागतमा सम्पन्न भएको थियो । १७२ पृष्ठ लामो उक्त पुस्तकमा द्धन्दको बेला जिल्लामा घटेका घटना र द्धन्दपछिको शान्तिको अवस्थाको बारेमा समेटिएको छ ।


images



images

images

Nepal life insurance