अर्घाखाँची खाचिकोटमा आगलागी हुँदा दुई घर जलेर नस्ट/लाखौंको क्षती


 

अखाँटा-यूएई डेस्क) – अर्घाखाँची खाचिकोट गाविस वार्ड नम्बर २ भुजुङेमा रहेको एक घरमा आगलागी भएको छ । आगलागी बाट लाखौंको धनमाला नस्ट भएको छ।

आगलागीबाट खाचिकोट २ भुजुङेका वीर बहादुर नेपालीको पुरै घर जलेर नस्ट भएको छ ।


यसैगरी सोही घरसगै जोडीएर रहेको रुपा नेपालीको घरपनी जलेर नस्ट भएको छ जनाइएको छ । आगजनी बाट कुनै पनि मानविय क्षती नभएको जानाकारी अर्घाखाँची टाईम्स लाई प्राप्त भएको छ ।

 


साझपख खाना बनाउने क्रममा लागेको हावाका कारण आगलागी भएको हो।


फागुन महिनाको दोस्रो हप्ताको सुरुवाती देखी नै अत्यधिक हावा हुरी चलिरहेकोले पनि आगजनीका खबरहरु दैनिक रुपमा बढेको टाईम्सको तथ्याकंले दर्शाएको छ।

 



images

images

images

Nepal life insurance