एसियाली महिला क्रिकेटः लज्जास्पद हार ब्यहोर्दै नेपाल उपाधिबाट बाहिरियो

काठमाडौ। एसियाली क्रिकेट परिषद् (एसिसी) महिला ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि होडबाट बिहीबार नेपाल बाहिरिएको छ ।


कुबेतस्थित हुवारा क्रिकेट मैदानमा उक्त प्रतियोगिताको सेमिफाइनलमा नेपाल हङ्कङसँग नौ विकेटको लज्जास्पद हार ब्यहोर्दै उपाधि होडबाट बाहिरिएको हो ।प्रतियोगितामा तेस्रो स्थानका लागि भने नेपालले शुक्रबार थाइल्यान्डको सामना गर्नेछ ।


टस हारी नेपाल पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९६ रन बनाउँदै अलआउट भएको थियो । नेपालका लागि जानकी भट्ट २१ र रश्मि शर्माले २० रन जोड्न सफल भए ।


हङ्कङ ९७ रनको झिनो लक्ष्यलाई पच्छाउनेक्रममा एक विकेट गुमाई जित हात पार्न सफल भयो ।


प्रतियोगितामा समूह ख मा रहेको नेपालले थाइल्यान्डलाई २१ रन, संयुक्त अरब इमिरेट्स -युएइ) लाई ८ विकेट, कुबेतलाई ४७ रनले तह लगाउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।


नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा देखाएको उदाहरणका अनुसार सुरुआती जित जित्दै गए पनि अन्ततोगत्वा उपाधि होडमा पराजय ब्यहोर्दै आएको छ ।