दलितका समस्याप्रति राज्य उदासिन

– शोभाखर पन्थी

 

फाल्गुण-१६ अर्घाखाँची । राष्ट्रिय दलित आयोगका केन्द्रीय अध्यक्ष बिजुल कुमार विश्वकर्माले दलितका समस्याका प्रति राज्यको ध्यान पुग्न नसकेको बताएका छन् ।

 

राष्ट्रिय दलित आयोगद्धारा अर्घाखाँचीको सन्धिखर्कमा आयोजित छुवाछुत विरुद्ध अन्तर दलित इतर अन्तर घुलन चेतना मुलक गोष्ठीको उद्घाटन गर्दै विश्वकर्माले जनसंख्याको २० प्रतिशत हीस्सा ओगटेका दलितहरु राज्यको निर्णायक ठाउँमा पुग्न नसक्दा सेवा र सुबिधाबाट बिाचत हुनु परेको बताए । उनले मुलुकमा साचालित सबै खाले आन्दोलनमा अग्रणि भुमिका खेल्ने दलितहरु लोकतन्त्रको प्राप्ती पछि पनि थिचो मिचो र जातीय विभेदमा पिल्सनु परेको बताए ।

 

राष्ट्रिय दलित आयोगका सदस्य डोबाटे विश्वकर्माको अध्यक्षता र लोकेन्द्र विश्वकर्माको सचालनमा सम्पन्न कार्यक्रममा माओवादीका जिल्ला इन्चार्ज चन्द्र बहादु्र खड्का उज्ज्वल नेपाली कांग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसाल राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य सागर के.सी. सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा लगायतका बत्ताहरुले मन्तव्य राखेका थिए ।

 

कार्यक्रममा रष्ट्रिय दलित आयोगका सदस्य सचिव जीवन परिवार र अधिवत्ता के.बि भुसालले कार्यपत्र प्रस्तुत गरेका थिए ।



images

images

images

Nepal life insurance