‘इन्सेप्सन’
लाई पनि चार अस्कर-
लस एन्जलस (एजेन्सी) – बेलायती फिल्म ‘किङ्ग्स स्पिच’ ले हलिउडको प्रतिष्ठित अस्कर अवार्डमा यस पटक उत्कृष्ट फिल्मसहित चार अवार्ड जितेको छ। यस पटकको उत्कृष्ट निर्देशन (टप हूपर) र उत्कृष्ट अभिनेता (कोलिन फिर्थ)को उपाधि पनि यही फिल्मले जित्यो। दोस्रो विश्वयुद्धताकाको बेलायती राजा जर्ज छैटौँको जीवनीमा आधारित यो ऐतिहासिक फिल्म १२ वटा विधाका लागि मनोनयनमा परेको थियो।
उत्कृष्ट अभिनेता, अभिनेत्री र सहअभिनेता, सहअभिनेत्री अवार्डका साथ। तस्बिरः एपी१२ विधामध्ये पाएको चार अवार्डमध्ये एउटा अवार्ड उत्कृष्ट स्क्रिन प्लेका लागि थियो।
उत्कृष्ट अभिनेत्रीको उपाधि साइकोलोजिकल हरर फिल्म
ब्ल्याक स्वानमा द स्वान क्विन वा निना सेयर्सको भूमिका गर्ने नाताली पोर्टम्यानले पाइन्।
उत्कृष्ट अभिनेत्री पोर्टम्यान गर्भवती अवस्थामा समारोहमा उपस्थित थिइन्। तस्बिर एपी
काठमाडौँमा समेत रिलिज भएको इन्सेप्सनले भने सिनेमाटोग्राफी, ध्वनि सम्पादन, ध्वनि मिश्रण, भिजुअल इफेक्ट्स जस्ता प्राविधिक विधामा चार अवार्ड जितेर किङ्ग्स स्पिचलाई चुनौति दियो।
यो वर्षको अर्को चर्चित फिल्म
द सोसल नेटवर्कले लेखन (एडेप्टेड स्क्रिनप्ले), संगीत (ओरिजिनल स्कोर), फिल्म सम्पादनमा गरी कूल तीन अवार्ड जित्यो।
सह अभिनेताको अवार्ड
द फाइटर फिल्मका लागि क्रिस्टियन बेलले पाए भने सहअभिनेत्रीको अवार्ड पनि सोही फिल्मका लागि मेलिसा लियोले पाइन्।
एनिमेटेड फिचर फिल्मका लागि
ट्वाइ स्टोरी थ्रीले अवार्ड पायो। कला निर्देशनतर्फ
एलिस इन वन्डरल्यान्डले उपाधि जित्यो।
विदेशी भाषाको फिल्मको अवार्ड डेनमार्कको
इन अ बेटर वर्ल्डले जित्यो।
संगीतमा
१२७ आवर्सको इफ आइ राइजका लागि यस पटक पनि मनोनीत भारतीय संगीतकार एआर रहमानसहितको टोलीलाई पछि पार्दै यस पटक
ट्वाइ स्टोरीको वी बिलोङ टुगेदरका लागि र्यान्डी न्युम्यानले उपाधि जिते।

उत्कृष्ट अभिनेता कोलिन। तस्बिरः एपी

उत्कृष्ट फिल्म किङ्ग्स स्पिच। तस्बिरः एपी