राजबिराज – संचारमाध्यमहरुले समाचारमा उल्लेख गरे कोशी टप्पुबाट आएका अर्नाहरुको एक समूहले सोमवार सप्तरीको जगतपुर र बदगामा गाविसमा पचास बिगहा भन्दा बढी गहुँ तथा प्याजबाली नष्ट गरेको छ ।
कोशी टप्पुबाट आएका एक दर्जन अर्नाहरुको समूहले जगतपुर र बदगामा गाविसमा कृषकहरुले सयौं बिगाहामा लगाएको गहुँ र प्याज बाली नष्ट गरेको पीडितहरुले बताएका छन् । पटक-पटक कोशी टप्पुबाट आउने अर्ना, बँदेल, हरिण लगायतका जनावरले बाली नष्ट गर्दै आएपनि सम्बन्धित निकायले ध्यान नदिएको कृषकहरुले आक्रोश ब्यक्त गरेका छन् ।
अर्नाको समूहले बदगामाकका जुल्मी मियाँको १० बिगाहा, श्यामलाल मुखियाको एक बिघा, हरिलाल यादवको १० बिगहा , दिनेश मुखियाको १० कठ्ठा, करम हुसैनको १५ कठ्ठा, दिनेश मुखियाको १० कठ्ठा र रामदेव मुखियाको एक बिघा गहुँबाली नष्ट गरेका छन् । दुबै गाविसमा लगाइएको करिब ५० बिघा भन्दा बढी प्याज खेति समेत अर्नाले नष्ट गरेको कृषकहरुको गुनासो छ ।
यता संरक्षित जनअधिकार महासंघ सप्तरीका अध्यक्ष कुसुमलाल यादवले नष्ट गरिएका गहुँबाली र प्याज खेतिको क्षतिपूर्तीका लागि कोशी टप्पु वन्यजन्तु आरक्ष सँग माग गर्दै आउको बताए । तर, कोशी टप्पु बन्य जन्तु आरक्षले कुनै सुनवाई गरेको छैन, उनले भने, सात दिन भित्र क्षतिपूर्ति दिन आरक्ष प्रशासन सकारात्मक नभए संघर्षमा पिडितहरु संघर्षमा उत्रिन बाध्य हुने छन् ।



