महाशिवरात्रि तथा सेना दिवसको अवसरमा बुधबार राजधानीको टुँडिखेलमा नेपाली सेनाद्वारा विविध कार्यक्रम(सेना दिवस २०६७

Photo8

 

काठमाडौं – महाशिवरात्रि तथा सेना दिवसको अवसरमा बुधबार राजधानीको टुँडिखेलमा नेपाली सेनाले विविध कार्यक्रम गरेको छ ।

 

कार्यक्रममा राष्ट्रपति रामवरण यादवले नेपाली सेनाको कृष्णदल गण र  सिद्धिबक्स गणलाई निशान प्रदान गरेका छन् । कार्यक्रममा सैनिक हवाई महानिर्देशनालयद्वारा हेलिकोप्टरबाट व्यानर प्रदर्शन, निशान प्राप्त गर्ने गणहरुबाट ईज्जत अर्पण कवाज प्रदर्शन गरिएको छ ।

 

कार्यक्रममा विभिन्न गण तथा गुल्महरु, महिला सैनिक, संयुक्त राष्ट्रसंघमा शान्ति स्थापनार्थ सहभागी हुने फौज, राष्ट्रिय सेवादल, त्रिभुवन आर्मी अफिसर्स क्लबका खेलाडीहरु तथा नेपाल क्याभलरी ट्रुप्स (बग्गी/घोडा) बाट मार्चपास गरिएको थियो ।

Photo8

 

यसैगरी कार्यक्रममा विशेष फौजको प्रदर्शन, फेरेटकार, एपीसी ,एमपीभी तथा विभिन्न हतियार, इन्जिनीयरिङ्ग, सिग्नल तथा विकास निर्माणसम्बन्धी उपकरणहरुको प्रदर्शन गरिएको थियो । कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु आरक्ष र वातावरण संरक्षण सम्बन्धी प्रदर्शन एवं अन्य विभिन्न सवारी साधनहरुको प्रदर्शन गरिएको थियो ।

 

कार्यक्रममा सेनाले राईफल तथा तोपबाट बढाईँ गरी महाशिवरात्रि बढाईँ गरेको छ । सोही अवसरमा नेपाली सेनाले जिम्नास्टिक, ते