नेबिसंघको शोक सभा तथा प्रशिक्षण कार्यक्रम सम्पन्न


पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई अन्तिम श्रद्धान्जलि व्यक्त गर्न शनिबार बिहानैदेखि ललितपुरको बाँडेगाउँस्थित आश्रममा कांग्रेस नेता,कार्यकर्ता,शुभेच्छुक तथा विभिन्न राजनीतिक दलका नेताहरुको ताँती लागेको छ । – Arghakhanchi.Com / Kathmandu

 

 


– प्रेमनारायण आचार्य

 

अर्घाखाँची २१ फागुन । नेपाल बिद्यार्थी संघ श्रीकृष्ण उच्च मावि मैदानको आयोजनामा अर्घाखाँचीको मैदान गाविसमा प्रशिक्षण तथा स्वर्गिय कृष्णप्रसाद भटराईको शोक सभा सम्पन्न भएको छ ।

 

नेतृतव बिकास तथा संगठनको बारेमा काग्रेसका महाधिबेसन प्रतिनिधि यादब घिमिरे नेबिसंघका जिल्ला सचिब युबराज पाण्डे क्षेत्रिय अध्यक्ष जयराम घिमिरे सचिब प्रकास गैरे काग्रेस मैदानका सचिब हिमलाल घिमिरे शिक्षक हरि घिमिरेले प्रशिक्षण दिनु भएको थियो ।

 

२०३ जनाको सहभागिता रहेको प्रशिक्षण कार्यक्रम नेबिसंघ श्रीकृष्ण उच्च मावि मैदानका अध्यक्ष तथा जिल्ला सदस्य माधब घिमिरको सभापतित्व तुलसी घिमिरको स्वागत मन्तब्य र सुमन घिमिरको संचालनमा सम्पन्न भएको हो ।

 

त्यस्तै काग्रेसका नेता कृष्णप्साद भटराईको निधन प्रति नेपाली काग्रेस क्षेत्र नम्बर १ का सभापति चन्द्रमणि पाण्डेले एक शोक बक्तब्य जारी गरि गहिरो दुख ब्यक्त गर्नु भएको छ ।

 

उहाले क्षेत्र नम्र १ अन्तर्गतका १९ गाविसका समपुर्ण पाटी कार्यलयका झण्डा १३ सम्म झुकाउन र सबै कार्यक्रम स्थगित गर्न आग्रह गर्नु भएको छ ।

images

images

images



Nepal life insurance