इङग्लिस प्रिमियर लिगमा लिभरपुलद्वारा म्यानचेष्टर युनाइटेड तीन एक गोल अन्तरले पराजित

डर्क क्युटको ह्याटि्रकमा लिभरपुलले इङलिस प्रिमियर लिगमा लिडर म्यानचेष्टर युनाइटेडलाई तीन एक गोल अन्तरले पराजित गरेको छ।

 

खेलको सुरुवातदेखि नै दबाव बनाएको लिभरपुलको लागि डर्क क्युटले चौंतिसौं, उनान्चालिसौं र पैसट्ठीऔं मिनेटमा गोल गर्दै ह्याटि्रक पूरा गरे। तीन शुन्यले पछि परेको म्यानचेष्टर खेलमा फर्कन सकेन भने अतिरिक्त समया हर्नानडेजले एक मात्र सान्त्वना सुरुवात गोल फर्काएका थिए।

 

यो हारसँगै उपाधि होडमा रहेको रेड डेभिल्स म्यानचेष्टर युनाइटेडलाई नराम्रो झट्का लागेको छ र छ अंकको स्पष्ट अग्रता बनाउने मौका पनि चुकाएको छ। यो सिजन इङलिस प्रिमियर लिगमा म्यानचेष्टरको यो तेस्रो हार हो। जितपछि लिभरपुल लिगको छैठौं स्थानमा उक्लिएको छ।