भीरबाट खसेर जाजरकोटका निमावि प्रधानाध्यापकको मृत्यु

जाजरकोट – प्राप्त समाचार अनुसार  लक्ष्मी निम्न माध्यमिक विद्यालय सिउन , भगवतीका प्रधानाध्यापक नागेश्वर झाको भीरबाट खसेर मृत्यु भएको छ । शिक्षक झाको भगवती गाविस वडा नं ९ स्थित कालेदूरा भीरबाट खसेर गए राति साढे  ११ बजे  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । भगवती गाविस सदरमुकामदेखि २४ कोस टाढा रहेको छ ।

सप्तरी , मानराज गाविस वडा नं २ , फुलहारा स्थायी ठेगाना भएका ५० बर्षीय झा विद्यालयबाट डेरा तर्फ आउँदै गर्दा राति भीरबाट खसेका हुन् ।