काठमाडौँ । थाहा भए अनुसार इच्छाविपरीत होलीमा लोला हात्रे, रङ दल्ने तथा सवारी नियम उल्लङ्घन गर्ने ४५५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । होली पर्वका अवसरमा २१६ वटा मोटरसाइकल र २ वटा मिनिट्रकलाई पनि सवारी नियम उल्लङ्घन गरेका कारण प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
यसैगरी, चाबहिल पुरानो मालपोत कार्यालयपछाडि बौद्ध बस्ने १६ वर्षीया नेहा लामालाई लोला प्रहार गरी बेहोस बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लोला प्रहारबाट बेहोस भएकी लामालाई उपचारकालागि ओम अस्पताल पु