फागु पुर्णिमाको भोली पल्ट आज पुर्वी तराइका जिल्लाहरुमा होली धुमधामका साथ मनाइदै

Indians smeared with colored powder dance during ...

 

फागु पुर्णिमाको भोली पल्ट आज पुर्वी तराइका जिल्लाहरुमा होली धुमधामका साथ मनाइदै छ। आपसी सद्भाव तथा भाइचारा अभिवृद्धि गर्ने पर्वको रुपमा रहेको होलीको अवसरमा तराइका विभिन्न समुदायले  एक आपसमा सुभकामना साटासाट गर्दै रगं खेलेर धुमधामका साथ मनाइरहेका छन।
 
यसैगरी पुर्वी नेपालको इटहरी र इनरुवामा पनि विहानै देखी वालवालीका, युवायुवती, महिलाहरुका समुहहरु रगं खेलेर होली मनाइरहेका छन। पुर्वी तराइमा रहेको  मैथली समाजमा जोगीरा नामको गीत तथा भजन गाएर होलीकाको अन्त्य भएकोमा खुशी मनाइने गरीन्छ। रगंहरुसगै होलीको दिन पुर्वी तराइमा समेत सामुहिक रुपमा जोगीरा गाउने र मनोरञ्जन लिने प्रचलन छ। जोगीराको मूल आशय समयमै संविधान निर्माण गर्ने र शान्ति स्थापना गर्ने विषयहरु रहेका छन्। जोगीराले समाजमा रहेको विकृति माथि पनि प्रहार गर्ने गर्दछ।