– कस्तुप देबकोटा
आँपपिपल-२, राउतेपानी, गोरखा
हाल नुवाकोट एफ. एम. १०६.८ मेगाहर्ज
महामण्डल-२, नुवाकोट
तनहुँ जिल्लाको ढोरबराही मन्दिरको मर्मत सहयोगार्थ यही चैत १५ गते काठमाडौंमा ुप्रेमराजा लोकसांगीतिक साँझु हुने भएको छ । फरेन इम्प्लाइमेन्ट ढोरेली सेवा समाजको आयोजनामा हुने सो कार्यक्रममा गायक प्रेमराजा महतको नेतृत्वमा विभिन्न कलाकारको सहभागिता रहनेछ । लोकसङ्गीतको क्षेत्रमा ख्यातिप्राप्त महत केही वर्षदेखि संयुक्त राज्य अमेरिकामा बसोबास गर्दै आउनुभएको छ ।
सोही कार्यक्रम सफल बनाउने क्रममा एक साताअघि उहाँ अमेरिकाबाट नेपाल आइसक्नुभएको छ । गायक महतले पर्यटन वर्ष २०११ सफल बनाउन नेपालका विभिन्न प्राकृतिक सौन्दर्य कला संस्कृति लगायत स्थानीय लोकसांगीतिक कार्यक्रमको महत्वपूर्ण भूमिका रहने बताउँदै गायन क्षेत्रको माध्यमबाट विभिन्न मुलुकका पर्यटक नेपाल भित्राउन आफू प्रयत्नरत रहेको जानकारी दिनुभयो ।
तनहुँ स्थित ढोरबराही मन्दिरको भौतिक संरचना जीर्ण भएकाले त्यसको मर्मतसम्भारका निमित्त र सोही स्थानमा अवस्थित मिलेनियम ट्रेकिङ रुटको विस्तारका लागि रकम संकलन गर्न ुलोकसाङ्गीतिक साँझु हुन लागेको बताइएको छ ।