राजधानीकॊ गोंङगवु क्षेत्रमा रहेको १४ करोड भन्दा बढी मुल्य पर्ने जग्गा व्यक्तिको नाममा दर्ता गर्ने प्रयास भएको रहस्य खुला

– कस्तुप देबकोटा
आँपपिपल-२, राउतेपानी, गोरखा
हाल नुवाकोट एफ. एम. १०६.८ मेगाहर्ज
महामण्डल-२, नुवाकोट

 

राजधानीकॊ गोंङगवु क्षेत्रमा रहेको १४ करोड भन्दा बढी मुल्य पर्ने ३४ आना जग्गा भु-माफियाहरुको मिलोमतोमा व्यक्तिको नाममा दर्ता गर्ने प्रयास भएको रहस्य खुलेको छ । गोङ्गबुँ आवास क्षेत्र सुधार समितिले हिजो राजधानीमा पत्रकार सम्मेलन गरि सो कुराको खुलासा गरेको हो । उक्त जग्गाको सम्बन्धमा २०२२ नापीको फिल्डबुकमा जग्गाधनी र जोताहाको नाम थर र वतन अस्तित्व सुन्य रहेको समितिले जनाएको छ ।

 

पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ कामनपा २९को किन। २२५ २२६ १३२ र केहि सार्वजनिक जग्गा सहितका जग्गाहरु र विभिन्न कित्ताहरु बदर गरि अन्तिम कित्ता ११०६ कायम गरि काठमाडौं उपत्याका नगर विकास समिति गोङ्गगबु जग्गा एकिकरणको नममा लालपुर्जा कायम छ । यि कार्यहरु मालपोत र नापि कार्यालयको निर्णय समेतबाट कायम भएको हेा । तर मालपोत कार्यालयले मिति २०५८ माघ २६ मा सो जग्गा न्हुच्छेमान महर्जन राजभाइ संघरत्न जुभरत्न शाक्यको नाममा दर्ता गर्न सक्ने भनि गरेको निर्णयले ब्यापक अनियमितता भएको हुन सक्न छ । जो मानिसहरुले जग्गा दावि गरेका छन् ति ब्यक्तिहरु आवाश क्षेत्र भित्रका बासिन्दा नभएको र पहिले पनि उक्त क्षेत्रमा उनीहरुको उपस्थिति कहिल्यै नदेखिएको स्थानियहरु बताउँछन् ।

 

महासचिव पदम थापाका अनुसार ३५ दिन भित्र सो जग्गामा भएको घर टहरा नहटाए सम्पुर्ण आवास क्षेत्रका वासिन्दाले जुलुस सहित गएर घर टहरा भत्काईने छ ।  पत्रकार सम्मेलन गर्नु अघि आवास क्षेत्रका बासिन्दाको उल्लेख्य उपस्थित सहित निस्किएको जुलुसले गोङ्गगबु नगरको परिक्रमा गरेको थियो ।