नयाँ दिल्लीमा होली कार्यक्रम धूमधामसंग सम्पन्न

नयाँ दिल्ली ।  हिन्दूहरुको महान चाड होली नयाँ दिल्लीमा भब्यका साथ धूमधाम संग मनाइएको छ । उक्त होलीको आयोजना बिगत लामो समय देखि नेपालीहरुलाई यातायातको सुविधा प्रदान गर्दै आएको सुपा देउराली टुर एंड ट्रवल्स दिल्ली समितिले गरेको थियो । होली मनाउन दर्जनौ नेपालीबासीहरुको उपस्थिती रहेका थिए।


कार्यक्रमको अदक्ष्यता समितिका अदक्ष्य हरी प्रसाद भट्टराईले गरेका थिए भने कार्यक्रमको संचालक समितिका सचिप सोभाखर पंथीले गर्नुका साथै अतिथिमा संस्थाका वरिष्ट सल्लाहकार तथा पूर्ब अदक्ष्य राजू केसी तथा कृष्ण पौडेलको उपस्थिती रहेको थियो ।


उक्त कार्यक्रममा प्रबासी अर्घाखाँची सहकारी बचत खता समूह तथा लुम्बिनी गौतम बुद्ध चेरिटेबल ट्रस्टका प्रमुख दीपक जीसीको समेत उपस्थिती रहेको थियो।


सो होली कार्यक्रमको बिच बिचमा नेपाली गीत र संगीतमा लगाउदा रमाइलो देखिन्थ्यो। कार्यक्रममा सुपा देउराली टुर एंड ट्बल्सका अदक्ष्य हरी प्रसाद भट्टाराईले आगामी दिनमा दिल्ली देखि अर्घाखाँची, बुटवल लगायतका ठाउँहरुमा यतायात सुविधा थप विस्तार गर्न बारेमा संस्थामा थप छलफल चली रहेको बिषयमा जानकारी दिएका थिए।
 
कार्यक्रममा सहकारी संस्थाको आउदै गरेको बार्षिक कार्यक्रममा संपूर्ण अर्घाखाँची तथा अर्घाखाँची भन्दा अन्य जिल्लाका नेपालीहरुलाइ पनि संस्थामा जोड़ने बिषयमा छलफल चलिरहेको जानकारी सहकारी कअ प्रमुख दीपक जीसीले जानकारी गराएका थिए।