धनकुटाको तमोर नदी किनारमा ४० वर्षीय एक व्यक्तिको वेवारिसे लाश फेला

धनकुटा – धनकुटा जिल्लाको आहाले गाविस ४ स्थित तमोर नदी किनारमा आइतवार एक व्यक्तिको वेवारिसे लाश फेला परेको छ ।

उक्त लाश सप्तरी जिल्लाको महादेवपटि गाविस ९ का महेन्द्र राउत भनिने ४० वर्षीय महावीर दासको भएको प्रहरीले जनाएको छ । नदी किनारमा स्थानीयबासीले लाश फेला पारि प्रहरीलाई खबर गरेको निमिक्त प्रहरी प्रमुख भद्रमान मोतेले जानकारी दिए ।

लाशको पोष्टमार्टम गरिने तथा अन्य अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।