मन्दिर परिसर भित्र आफुहरुले धुनी बाल्न पाउनु पर्ने माग राख्दै पशुपतिका वावाहरु अनसनमा

हामीकहाँ कुनै न कुनै प्रकारको आन्दोलन नभएको दिन कमै हुन्छ। तर पशुपतिका वावाहरु अनसनमा वसेका खवर भने सायदै सुनिएको होला। तर पशुपति मन्दिर परिसर भित्रका केही योगीहरु पाँचदिनदेखि अनसनका वसेका छन्।

 

पशुपति क्षेत्र विकासकोषले आफूहरुलाई हटाउन लागेको भन्दै देवपाटन गोरक्षनाथ मन्दिरमा वस्दै आएका योगीहरु अनसनमा बसेका हुन्। तीन महिना देखि धुनी बाल्दै आएको देवपाटन गोरक्षनाथ मन्दिरमा पशुपति विकास कोषले अतिक्रमण गरी संग्राहालय बनाउन थालेको भन्दै उनीहरु अनसनमा बसेका छन्। सरकार र पशुपति क्षेत्र विकास कोषको मिलोमतोमा आफुहरुलाई हटाउने प्रयत्न भएको भन्दै उनीहरुले आक्रोश पोखेका छन्।


 

यस्तो कार्यले सनातन धर्माबलम्बीहरुको सम्मानमा ठेस पुगेको उनीहरुको गुनासो छ। गोरक्षनाथ गूठी संस्थानको नाममा रहेको सो मन्दिर परिसर भित्र आफुहरुले धुनी बाल्न पाउनु पर्ने उनीहरुको भनाई छ। तर, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी भने आर्थिक प्रलोभनको लागि केहीले बाबाको नाममा मन्दिर क्षेत्र अतिक्रमणको प्रयासमा लागेको वताउँछन्।
मनपरी ढंगले मन्दिर परिसरमा धुनी बाल्ने र आर्थिक संकलन गर्दै आएकोले त्यस्तो कार्य बन्द गर्न आफुहरुले यस्तो पहल गरको कोषको भनाई छ।।