विश्वकप क्रिकेटको अन्तिम सेमीफाईनल खेलमा भारत र पाकिस्तानबीच आज भीडन्त

दीपक जीसी

नई दिल्ली ( भारत )

 

विश्वकप क्रिकेटको अन्तिम सेमीफाईनल खेलमा भारत र पाकिस्तानबीच आज भीडन्त हुदै छ । भारत र पाकिस्तानबीच केही बर्षदेखि सम्वन्धमा तनाव रहेको बेला हुन लागेको यो भिडन्तलाई महत्वका साथ हेरिएको छ ।

भारतको मोहालीमा दिउँसो पौने ३ वजे हुने खेल हेर्न भारतीय राष्ट्रपति प्रतिभा पाटिल, प्रधानमन्त्री मनमोहन सिह र पाकिस्तानका प्रधानमन्त्री युसुफ रजा गिलानी समेत सहभागी हुनु हुनेछ । यसपटकको विश्वकपको प्रवल दावेदार भारत महेन्द्र सिंह ध्वनी र पाकिस्तान शाहीद अफ्रीदीको कप्तानीमा मैदान उत्रदै छन् । आजको विजेताले फाईनलमा श्रीलंकाको सामना गर्ने छ ।


गएराति सम्पन्न पहिलो सेमीफाईनल खेलमा न्युजील्याण्डलाई ५ विकेटले हराउदै श्रीलंका फाईनलमा पुगेको थियो । कोलम्बोमा टस जीतेर व्याटीङ  रोजेको न्युजील्याण्डले ७ बल बाँकी छदै सबै विकेट गुमाएर २ सय १७  रन बनाएको थियो । २ सय १८ रनको चूनौती पछ्याउँदै जवाफी ब्याटीङ गरेको श्रीलकाले न्यीजील्याण्डमाथि सहज जीत हात पारेको हो । 


श्रीलकाको जीतका लागि तिलकरत्ने दिलशानले अर्धसतक पूरा गर्दै ७३ रनको योगदान गरेका थिए ।