
बिहीबार टाइम्स अफ इन्डियासँग कुरा गर्दै पुनमले त्यस्ता धम्कीहरुबाट आफू नडराउने बताएकी थिइन्।
अश्लीलताको आरोपमा उनीविरुद्ध भोपालको अदालतमा मुद्दासमेत दायर भएको छ। तर उनले भारतीय क्रिकेट कन्ट्रोल बोर्डलाई शुक्रबार पत्र लेख्दै यस्तो भनेकी थिइन्- टिम इन्डियालाई समर्थन गर्ने यो मेरो शैलिको अभिव्यक्ति हो। म एक्स्ट्रा माइलेजमा जान चाहन्छु।
उनले थेराप्युटिक उद्देश्यका लागि निजी रुपमा वयस्कहरुका सामु नाङ्गिनु अपराधन भएको जिकिर गर्दै भारतमा विवाद हुने भए पेरिस वा अरु कुनै देशमा नाङ्गिन तयार रहेको त्यसमा लेखेकी थिइन्।
मोबाइल सम्पर्कविहीन भए पनि भारतले कप उचालेपछि पुनमले आफ्ना साढे पाँच हजार पछ्याउनेहरुलाई ट्विट गर्दै भनेकी छिन्- ….र जादूले काम गर्यो !!!! 🙂 मायालु जवाफहरुका लागि धन्यवाद है केटा हो !



