– राम भुसाल
न्यू दिल्ली डेस्क मुंबई) – मुंबईको वानखेड़े स्टेडियममा श्रीलंकालाई छ विकेटले पराजित गरी विश्व विजेता बनेको भारतीय क्रिकेट टीमलाई नकली वर्ल्ड कप ट्राफी दिईएको अंग्रेजी पत्रिका मेल टुडेले दावी गरेको छ।
क्रिकेटको छत्तीस बर्षको इतिहासमा यस प्रकारको यो पहिलो घटना हो। पत्रिकाले दावी गरेको छ कि वर्ल्ड कपको असली ट्राफीलाई मुंबई कस्टम विभागले उचित भुगतानी न भएकोले सीज गरेको छ।
यस घटना पछि करोंड़ों भारतवासिले आफू संग ठगी भएको आरोप लगाएका छन। भारतीय मीडियाले यस घटना माथि जोर दिए पछी आईसीसीले प्रेस कांफ्रेस गरि आफ्नों पक्ष राखने विचार गरेको छ।