मिथिलांचलमा मनाईने चैते छठ श्रद्धा एवं भक्तिका साथ मनाईदै

जनकपुर – मिथिलांचलमा मनाईने चैते छठ शनिवार श्रद्धा एवं भक्तिका साथ मिथिला नगरी जनकपुरमा मनाईदैछ ।चैत्र शुक्ल षष्ठीको दिन सन्ध्याकालीन सूर्यलाई अर्घय दिईने छ भन्ने आईतवार उदाउँदो सूर्यलाई अर्घय प्रदान गरी यो पर्व सम्पन्न हुनेछ ।

पछिल्लो पटक निकै लोकप्रिय हुन थालेको चैते छठ गर्नेहरुको संख्यामा निरन्तर बृद्धि भएको छ । केही वर्ष अघिसम्म गंगासागरमामात्र सिमीत रहेको चैते छठ पछिल्ला केही वर्षदेखि अंगराज सरमा समेत मनाइन थालेको छ ।