झापाको लखनपुरमा बस पल्टँदा करिब दुई दर्जन यात्रु घाइते

विराटनगर  – झापाको लखनपुर-१ मा शनिबार दिउँसो एउटा बस पल्टँदा करिब दुई दर्जन यात्रु घाइते भएका छन् ।

पूर्वबाट पश्चिमी गन्तव्यका लागि हिंडेको को १ ख २०६० नम्बरको बस अनियन्त्रित भइ सडकबाट १७ फिट तल खसेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको पूर्वक्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेको दमकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुमा मोरङको सलकपुरका खेमराज राई, झापाको लखनपुरकी कृष्णमाया श्रेष्ठ, भारतीय नागरिकहरु प्रतिमा बर्मा, मधु मियाँलगायत रहेका छन् ।