र्‍याफ्टीङको डुंगा पल्टेर एक किसोरी वेपत्ता भएछि बागलुङमा संचालित चैतेदशैं मेला रोकियो

प्रकाश बराल

 

बागलुङ  – र्‍याफ्टीङको डुंगा पल्टेर एक किसोरी वेपत्ता भएछि बागलुङमा संचालित चैतेदशैं मेला रोकिएको छ ।

बागलुङ युथ गु्रपद्वारा संचालित र्‍याफ्टीङको डुंगा पल्टिंदा सोमवार साँझ बानपा १ रामरेखाकी १५ बषिर्य कल्पना छन्त्याल बेपत्ता भएकी थिइन् ।

बागलुङ उद्योग बाणिज्य संघका महासचिव जयराम भारीले प्रेस विज्ञप्ती प्रकाशित गरी मेलाको आर्कषणको रुपमा रहेको र्‍याफ्टीङ बाट वेपत्ता किसोरीको खोजीमा सबै लाग्नु पर्ने भएकोले मेला स्थगित गरिएको बताए । गु्रपले बागलुङको मालढुंगा देखि नयाँपुल सम्म सहुलियत दरमा र्‍याफ्टीङको सेवा संचालन गरेको थियो ।

कक्षा ९ मा अध्ययनरत छन्त्याल सहित १५ जना सवार डुंगा सोमवार पल्टिंदा अन्यलाई सकुसल उद्धार गरिएको थियो । छन्त्यालले सुरक्षित ज्याकेट नलगाएकोले उद्धार गर्न नसकिएको प्रहरीले बतायो । प्रारम्भिक अध्ययन अनुसार डुंगामा क्षमता भन्दा धेरै यात्रु राखेको समेत पाइएको प्रहरी निरिक्षक शिवराज ढुंगनाले बताए ।

जिल्लाका सर्वदलीय बैठक, आयोजक उद्योग बाणिज्य संघ, बागलुङ कालिका भगवती गुठी, निर्माण व्यवसायी संघ, धौलागिरी अञ्चल जीप तथा बस व्यवसायी समिति समेतले बेपत्ता किसोरीको खोजीमा सबैलाइ लाग्न आग्रह समेत गरेका छन् । मगर विद्यार्थी संघ, राइजिङ डान्स गु्रप लगायतका संघसंस्थाहरुले घटनाको सत्यतथ्य छानविन गरी दोषिलाई कारवाही गर्नुपर्ने माग समेत गरेका छन् ।

र्‍याफि्टङमा सञ्चालन भएको डु