– राजेन्द्र न्यौपाने
गोरखा ३ बैशाख । अखिल नेपाल फुटवल संध एन्फाको वार्षिक कार्यक्रम अनुसार यही वैशाख महिनाको ८ गतेदेखी १५ गतेसम्म सान मिगेल अन्तर क्लव फुटवल प्रतियोगिता हुने भएको छ ।
अखिल नेपाल पुटवल संघ ्रएन्फा गोरखाले आज गोरखा सदरमुकामको होटल क्राउन रिसोर्टमा गरेको पत्रकार सम्मेलनमा सो कुरा जानकारी दिईएको हो ।
अखिल नेपाल फुटवल संघ एन्फा गोरखाका अध्यक्ष हरिहर श्रेष्ठको अध्यक्षतामा गरिएको सो पत्रकार सम्मेलनमा गोरखा सी डिभिजनमा खेल्ने जिल्ला रहेको र गोरखा जिल्लावाट विजेता भएको एक समुहलाई क्षेत्रिय प्रतियोगिता हँदै केन्द्रिय प्रतियोगितामा सहमागीता गराईने जनाईएको छ ।
जम्मा ९ जनाको सहभागीता रहने प्रतियोगितामा गोरखा जिल्लावाट १२ समुहले भाग लिने पत्रकार सम्मेलनमा जानाकारी दिईएको छ ।
४-४ समुह वनाई पहिलो चरण लिग र अन्तमा नकआउट सिस्टमले हुने यस फुटवल प्रतियोगितामा जम्मा २० खेल हुने पनि जनाईएको छ ।
गोरखा जिल्लाका जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका फुटवल टिमको मात्र सहभागीता रहने पनि जनाइएको छ ।
प्रतियोगितामा दि गोर्खाज युनाईटेड पाटेचौर नवपृथ्वी युवा क्लव वँुकोट गोरखा रोयल नयाँवजार सर्वाेदय युवा क्लव डुमि्रडाँडा हरमटारी डेभलपमेन्ट स्पोट्स्र क्लव डाउनटाउन सकर क्लव सिर्जना युवा क्लव तिनधारे वेदमकली युवा क्लव आमडाँडा हिमचुली युवा क्लव पोखरीथोक मझुवादेउराली युवा क्लव तिनकिलो र गोरखाकाली युवा क्लव दरवारमार्ग गोरखा रहेको पत्रकार सम्मेलनमा जनाकारी दिईएको छ ।