राष्ट्रपति कप रनिङ शिल्डमा मिनर्वा वोर्डिङ स्कुल च्याम्पियन बन्न सफल

– कृष्ण खनाल

 

बुटवल  ५ वैशाख ।  साविक च्याम्पियन मिनर्वा वोर्डिङ स्कुल तेस्रो राष्ट्रपति कप रनिङ शिल्डको च्याम्पियन बन्न सफल भएको छ । चार दिनसम्म चलेको प्रतियोगितामा ६ स्वर्ण सहित कुल ४५ अंक ल्याई मिनर्वा पहिलो स्थान हासिल गर्दा देवदह मावि देवदहले २५ अंक सहित दोस्रो स्थानमा नै चित्त बुझाएको छ भने हरैया उच्च माविले १८ अंक सहित तेस्रो स्थानमा चित्त बुझायो ।

 

कालिका उच्च माविको खेल मैदानमा सोमवार सम्म भएको खेलमा मिनर्वाले पाच रजत र तीन कास्य पदक हात पारेको थियो भने देवदहले दुई रजत र दुई कास्य हात पार् यो । हरैयाले भने दुई रजत र एक कास्या हात पर् यो । लगातार दोस्रो पटक रनिङ शिल्ड हात पर्दा मिनार्वा आइतबार चार स्वर्ण शनिवार एक र उदघाटन दिनमा एक स्वर्ण हात पारेका थिए । उसले आइतवार पुरुष चार सय मिटर दौड पुरुष पाच हजार मिटर दौड पुरुषको रिले दौड र दुई सय मिटर दौडमा स्वर्ण पदक हात पार्दै प्रतियोगिताको तालिकामा आगडि देखिएको हो । पुरुष चार सय मिटरमा विरेन्द्र पासीले मिनार्वा वोर्डिङका लागि स्व्ार्ण हात पारे । उनले हरैया उच्च माविका रियाज हुसेन सकिरलाई दोस्रो र सिद्धार्थ बोर्डिङ स्कुलका सुरेश राना लाई तेस्रो स्थानमा समिति राख्दै स्वर्ण पदको दावेदार बने । मिनर्वाका लागि दोस्रो स्वर्ण पुरुष पाच हजार मिटर दौडमा सुभाष पासवानले हात पारे ।

 

चिलिया माविका प्रदीप चौधरी र सिद्धार्थ बोर्डिङका सुजन केसीलााई क्रमश दोस्रो तेस्रो स्थानमा नै सिमित रहेपछि पावसानले विद्यालयको स्वर्णलाई थप पारे । त्यस्तै पुरुष रिले दौडमा मिनार्वाका कमल गुरुङ विरेन्द्र पासी रामेश्वर चौधरी र मन बहादुर थापाले समुहले पहिलो स्थानमा हासिल गर्दा बुद्ध दीप बोर्डिङ स्कुलका नमुना गुरुङ विस्नु थापा याम बहादुर गुरुङ र सुनिल विकको समुह दोस्रो र लिटल स्टार वोर्डिङ स्कुलका हिम बहादुर राना कुमार थापा डोल बहादुर आले र नविना सिाजालीको समुह तेस्रो स्थानमा नै खुम्चिना बाध्य भए ।

 

 त्यस्तै दुई सय मिटरमा विरेन्द्र पासीले दोस्रो स्वर्ण हात पर्दा आइतवार मात्र मिनार्वाको स्वर्ण सख्या चार पुग्यो । रियाज हुसेन सकिरले हरैयाका लागि दोस्रो र पिताम्वर चौधरीले भुजौली माविका लागि तेस्रो स्थानमा सिमित हुदा पावसानले साविक विजेता विद्यालयका लागि अर्को स्वर्ण जितेका थिए । आइतवार नै निर्मला भण्डारीले देवदह माविका लागि अर्को स्वर्ण थप गर्दा कालिका उच्च माविका सिर्जना थापा दोस्रो र न्यु होराइजनका सुस्मिता राना तेस्रो भइन । कृति सेनले बुटवल पब्लिक बोर्डिङ स्कुलका लागि तीन सय मिटरमा दौडमा स्वर्ण हात पारे भने सेन्ट जोसेफका प्रगति श्रेष्ठ र चिलिया माविका इन्द्रवाती यादवले क्रमश दोस्रो  र तेस्रो स्थानमा आउन सफल भइन ।

 

महिला रिले दौडमा भने सेन्ट जोसेफले बाजी मा र् यो । प्रगति श्रेष्ठ दिपा रसाइली सिगंता शर्मा र पवित्रा चौधरीको टिम चम्किएपछि जोसेफले आइतवारको एक मात्र स्वर्ण हात पार् यो । पुरुषमा बाजी मारेको मिनार्वाको महिला जोडीहरु भने महिला रिलेमा चुके  दोस्रोमा चित्त बुझाए । सन्ध्या ज्ञवली करिष्मा दर्लामी निकिता गुरुङ र सृजना राजपालको समुह मिनर्वाको टोलीमा सहभगी थिइन भने तेस्रो भएको देवदह माविका विद्यार्थीहरु लिला आले निर्मला भण्डारी कल्पना गुरुङ र सकुन्तला पान्डेको समुहले तेस्रो स्थानमा आफुहरुलाई उभ्याए । पुरुष लङ जम्पमा पिताम्वर चौधरीले भुजौली बोडिङका लागि स्वर्ण हात पार्दा मिनर्वाका कमल गुरुङ र हरैयाका रियाज हुसेन सकिर तेस्रोमा चित्त बुझाउन बाध्य भए । यता भलिवलमा महिला भलिवलमा फेरी एक पटक दीप बोर्डिङले स्वर्ण हात पार् यो । उसले मनाकामना वोर्डिङ सिद्धार्थनगरलाई पाखा लगाउदा विद्यालयका लागि स्वर्ण हात पार् यो । पुरुष भलिवलको उपाधि भने इभर साइनिङ बोर्डिङले स्वर्ण हात पार् यो । प्रतियोगिताका विजयी खेलाडीलाई स्थानीय विकास अधिकारी तारा बहादुर कार्कीले पुरुस्कार वाडेका थिए ।

 

खेलकुद विकास समिति सदस्य सचिव लिलाराम बस्नेतको अध्यक्षता भएको कार्यक्रम जोगी क्षेत्रीले चलाएका थिए ।