बुटवलमा जारी प्रचण्ड थैव स्मृती कि्रकेटमा प्रचण्ड ११ र शिवशक्ति विजयी

– कृष्ण खनाल 

 

बुटवल ६ वैशाख ।  बुटवलमा जारी टि ट्यान्टी कि्रकेट प्रतियोगितामा मगलबार प्रचण्ड  थैव ११ र शिव शक्ति भैरहवा विजयी भएको छ । मगलबार विहान भएको पहिलो खेलमा म्याक्स ११ लाई  हराउदै प्रचण्ड थैव ११ अघिल्लो चरणमा पुगेको हो ।

 

टस जितेपछि म्याक्स ११ ले प्रचण्ड थैव ११ लाई व्याटिङको निम्तो दिएको थियो । पहिलो व्याटिङ गर्दै प्रचण्ड थैव ११ ले १३९ रनको योगफल बनाएको थियो । उनले ६ विकेटको क्षँतिमा यो योगफल बनाएको थियो । उसको यो योगफल बनाउनका लागि म्यान अफ दि म्याच समेत रहेको दिपेश थापा क्षँेत्रीले अविजित ४१ रन मनोज थापाले २८ रन र जोनाम थापाले २३ रनको योगदान दिए । विपक्षी टिमका सुजन श्रेष्ठले दुई विकेट लिएका थिए । यता जावफी व्याटिङमा उत्रिएको म्याक्स ११ ले १९।४ ओभरमा अल आउट हुदै १३२ रनमा समेटिएपछि खेल प्रचण्ड थैव ११ ले ७ रनको झिनो अन्तरले जितेको हो । म्याक्स ११ का सुजन श्रेष्ठले ३७ र रुद्र सारुले ३२ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन । म्याक्सको इनिङलाई रोसन खड्का कृष्णा थापा र दिपेश थापाले समान दुई विकेट हात पार्दै ध्वस्त बनाएका थिए । मगलबार नै भएको दोस्रँे खेलमा सुनौलीलाई पाखा लगाएपछि शिवशक्ति समुह भैरहवा अघिल्लो चरणमा प्रवेश गर् यो ।

 

 टस जितेर पहिले मैदानमा आएको सुनौली १८.४ ओभरमा अल आउट हुदै ९८ रनमा समेटियो । टिमका लागि रसिद अहम्मदले ४२ र अनिष पान्डेले २१ रन बनाउदा यो योगफल तयार भएको थियो । प्रतिउत्तरमा ९८ रनलाई  आफ्नो लक्ष्य बनाएको शिवशक्ति समुह भैरहवाले १२।१ ओभरमा ६ विकेटको क्षतिमा आफ्नो लक्ष्य भेटाए पछि खेल चार विकेट जित हात पार् यो । उसको जितमा अशिष िसंहले २१ र कृष्ण कार्कीले १८ रन बनाएका थिए । विजयी टिमका कृष्ण कार्की म्यान अफ दि म्याच घोषित भए । प्रतियोगितामा आज बर्षका कारण सोमवार स्थगित भएको शान्ति सृजना कपिलबस्तु र व्याइड वोइज विच पहिलो खेल हुनेछ भने दोस्रो खेल भारतका नौतनहुवा र मास्टर व्लास्टर समुह शंकरनगर विच खेल हुने आयोजन क्लवका अध्यक्ष एवंम खेल सयोजक कुलेन्द्र पुनले जानकारी दिए ।

 

 हत्या गरिएका प्रचण्ड थैवको स्मृतिमा युवा संघ रुपन्देहीले टि ट्वान्टी प्रतियोगितामा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको विजेताले पाचास हजार र उपविजेताले पच्चीस हजार हात पार्नेछन ।