– कृष्ण खनाल
बुटवल ६ वैशाख । नवलपरासीमा सम्पन्न १२ औ राष्ट्रिय महिला पुूटबलको उपाधि ससस्त्र प्रहरीले हात पारेको छ ।
नेपाल पुलिसलाई १-० ले हराउंदै १२ औं राष्टिय महिला फुटबलको उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।
खेल शुरु भएको ६५ औ मिनेटमा अनु लामाको एक गोल नै एपिएफ लाई उपाधिका लागि निर्णायक गोल बन्यो । प््रतियोगितामा नेपाल प्रहरीले दोश्रो स्थान हासिल गर्यो भने सेमिफाईनल बाट बाहिरिएका काठमाण्डौ र पिएलएले तेश्रो स्थान हात पारेका थिए ।
प्रतियोगीमा उत्कृष्ट गोलकीपर रौतहटकी रुपा राना सर्बौत्कृष्ट खेलाडी बांकेकी कृष्ण खत्रि मिड फिल्डर पांचथरकी संगिता गुरुङ्ग घोषित भईन ।
त्यसैगरी बांकेकी नानु खत्रि उत्कृष्ट डिफेन्स अनुशासित समहु महोत्तरी घोषित भएको थियो । प्रतियोगिता भर सबैभन्दा बढि गोल नेपाल पुलिसकी चन्द्र भण्डारीले १६ गोल गरेकी थिईन् । उक्त ६ वटा बिधामा उत्कृष्ट खेलाडीहरुलाई जनही ५ हजार र प्रमाण पत्र प्रदान गरिएको थियो, प्रतियोगितामा एपिएफ नेपाल प्रहरी र पिएलए विभागिय टिम सहित २३ जिल्ल्ााका गरि २६ समहुको सहभागिता रहेको थियो ।