दाङमा भएको ट्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु

दाङ – दाङमा भएको ट्याक्टर दुर्घटनामा परेर एक जनाको घटना स्थलमै मृत्युभएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । घोराही लमहि सडक खण्डको लक्ष्मीपुर १ कुइरेपानीमा लमहि बाट घोराही तर्फ आउदै गरेको रा १ त ३५५ नम्बरको ट्याक्टरको बिचको टाएर  फुस्कीएर दुर्घटना हुदा कुइरेपानी निबासि १९ बषिर्य कुमार घर्तीको घटना स्थलमै मृत्युभएको छ ।

 

दुर्घटनामा परेर रामपुर २ निबासि १५ बषिर्य सञ्जय चौधरी र सोही ठाउ निबासी २० बषिर्य बिष्णु श्रेष्ठ गम्भीर घाइते हुनुभएको छ । घाइते दुबैको

राप्ती उपक्षेत्रिय अस्पताल घोराहीमा उपचार भैहरेको छ ।

पछिल्लो समयमा दाङ सवारी दुर्घटनामा बृद्धि भैरहेको छ । दुइ दिन अगाडि मात्रै २ जनाको मृत्युभएको थियो भने ४० बढि घाइते भएका थिए ।