मर्स्याङ्दी नदी तर्ने क्रममा वगाएर आमाछोरीको मृत्यु

तनहुँ  – तनहुँको आँवुखैरेनी ६ ना पहरा नजिकै मर्स्याङ्दी नदी तर्ने क्रममा वगाएर सोमवार आमाछोरीको मृत्यु भएको छ ।

दाउरा खोज्न जाने क्रममा मर्स्याङ्दी नदीले वगाएर मृत्यु हुनेमा गोरखा घ्याम्पे साल घर भई आँवुखैरेनी वजारमा डेरा गरी वस्दै आएका करिव ४० वर्षीय आमा गिता गुरुङ र १८ वर्षीया छोरी विनिताको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आमा छोरीको शव नदी किनारामा फेला परेको स्थानियवासीले प्रहरीलाई खवर गरेका थिए । उनीहरुको शव पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।