भैरहवाका जोर्डनलाई फेरी सफलता

– कृष्ण  खनाल

 
बुटवल २० वैशाख । भैरहवाका जोर्डन बिक्रम श्रेष्ठ राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा च्याम्पीयन बन्न सफल भएका छन् ।

 

धरान खेलकुद तथा पर्यटन महोत्सबको उपलक्ष्यमा शनिबार धरान तेक्वान्दो डोजांगको आयोजनामा भएको प्रतियोगितामा ५४ केजि मुनिको तौल समुहमा श्रेष्ठ च्याम्पीयन बन्न सफल भएको सिद्धार्थ तेक्वान्दो बिकाश समिती भैरहवाले जनाएको छ । श्रेष्ठ समिती अन्तरगतको भैरहवा तेक्वान्दो डोजांगका उत्पादन हुन् । श्रेष्ठ पश्चिमााचल बिकाश क्षेत्रको तर्फबाट भागलिएका थिए ।

 

उनि गत फागुनमा भैरहवामा आयोजित पश्चिमााचल क्षेत्र स्तरीय बेस्ट अफ वेस्ट ओपन तेक्वान्दोमा च्याम्पीयन हुदै नगद २५ हजारको पुरस्कार जितेको श्रेष्ठका प्रशिक्षक प्रकाश मान राजभण्डारीले बताए । उन्ले फाईनलमा आयोजक टिमका खेलाडीलाई पराजित गरेका थिए । प्रतियोगितामा पाँचै बिकाश क्षेत्र सहीत आयोजक र बिभागिय टिमहरु प्रहरीसेना र शशस्त्र प्रहरीको सहभाग्ािता रहेको थियो ।

 

बिजेता जोर्डनलाई प्रमुख अतिथी तथा सुनसरी क्षेत्र नम्बर १ का संबिधान सभा सदस्य किरण कुमार राई  मुल आयोजक समितीका संयोजक सानु सुब्बा लगायतले पदक पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।