राजनैतिक हस्तक्षेपले खेलकुद धरासायी

– कृष्ण  खनाल

 

बुटवल २० वैशाख । राजनैतिक हस्तक्षेप र अस्थिरताका कारण मुलुकको खेलकुद विकास धरासायी बन्दै गएको सरोकारवालाहरुले बताएका छन ।

 

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा खेलकुद पत्रकार माच रुपन्देहीले आज बुटवलमा आयोजना गरेको खेलकुदको विकासमा हाम्रो भुमीका विषयक अन्तरकि्रया कार्यक्रममा वोल्दै विभिन्न संघ संस्था तथा खेलकुद क्षेत्रसंग संम्बन्धीत निकायका व्याक्तिहरुले उक्त कुरा बताएका हुन ।

 

कार्यक्रममा वोल्ने वक्ताहरुले खेलकुद परिषदमा राजनैतिक हस्तक्षप गरी राजनैतिक दलका कार्यकर्ताहरुलाई भर्तिकेन्द्र बनाएको र खेलसंग असम्बन्धीत व्यक्तिहरुलाई प्रवेश गराई अराजकता फैलाएका कारण मुलुकले खेलकुदको क्षेत्रमा आसातित सफलता हासिलगर्नुको सट्टा धारासायी बन्दै गएको आरोप लगाए । 

 

 रुपन्देहीजिल्लाको खेलकुद विकासका लागि सरोकारवाला निकायविच समन्वय र सहकार्यको खाचो रहेका समेत उनीहरुले बताएका थिए ।

 

कार्यक्रममा वोल्दै बुटवल नगरपलिकाका बरिष्ठ अधिकृत विष्णु खनाल  नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा बुटवल उद्योगवाणिज्य संघका अध्यक्ष शंकर श्रेष्ठ रुपन्देही उद्योग संघका अध्यक्ष एजाज निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल  प्याब्सन रुपन्देहीका अध्यक्ष विष्णु पन्थी पश्चिम नेपाल वस व्यावसायी संघ उपाध्यक्ष नारायाण घिमिरे रुपन्देही जिल्ला खेलकुद विकास समिति रुपन्देहीका सचिव लिलाराम बस्नेत   जिल्ला भलिवल संघ रुपन्देहीका अध्यक्ष विष्णु श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

 

 कार्यक्रम  माचका अध्यक्ष सुमन अधिकारीका अध्यक्ष र सुरज भण्डारीको साचालनमा सम्पन्न भएको थियो ।