गोरखामा पर्यटन

राजेन्द्र न्यौपाने

 

गोरखा २६ बैशाख ।     नेपाल सरकारले यस वर्ष २०११ लाई पर्यटक वर्ष मनाउने निर्णय गरी  १० लाख भन्दा वढी विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखे सँगै गोरखामा पिन पर्यटकको संख्यामा वृद्धि आएको छ ।

 

     विदेशी पर्यटकहरु प्ाहिलेको तुलनामा धेरै देखिन थालेका हुन् ।  धेरै भन्दा धेरै पर्यटकहरु नेपाल भित्रयाउन सकियो भने नेपाल आर्थिक वृद्धिमा पनि थप टेवा पुग्ने देखिन्छ । विदेशीहरु नेपालको हिमाल ताल झरना मन्दिर गुम्वा चैत्य वन जंगल जिवजन्तु आदिको भ्रमण गर्न वढी रुचाउने देखिन्छ । यसवर्ष पर्यटकको सङ्ख्या २०१० मा भन्दा २०११ मा धेरै विदेशी पर्यटकहरु नेपाल भित्रीने क्रम जारी छ । जस अनुसार गोरखा जिल्ला पनि पर्यटकीय जिल्ला भएको कारण विदेशी पर्यटकहरु गोरखा जिल्ला भित्रीने क्रम बढेको हो ।

 

गोरखा जिल्लामा पर्यटकीय स्थलहरुमा मनकामना तल्लो दरवार माथिल्लो दरवार मनासोलु हिमाल वौद्ध हिमाल लार्के भाज्याङ्ग ग्याला भाज्याङ्ग कालो चुमन चुमभ्याली गुम्वा वन जंगल तातो पानी आदी ठाउँहरुको अवलोकन गर्नको लािग विदेशी र स्वदेशी पर्यटकहरु गोरखा आउने गर्छन् ।

 

यि पर्यटकहरुलाई सुविधा दिनको लागि यस जिल्लाको उत्तरी भेगमा पर्ने स्वतीलापुवेशी माछा खोला खोर्ला सिर्दिवास लगायत अन्यठाउँहरुमा पर्यटकलाई सुविधा युक्त होटलहरु वन्ने क्रमजारी छ । सुविधा युक्त होटलको वृद्धि सँगसँगै पर्यटकहरुको वृद्धि हुनेमा त्यहाँका होटल व्यवसायीहरु आशावादी देखिएका छन् ।

 

     पर्यटन क्षेत्रको विकासका लागि पर्यटन वर्ष २०११ लाई सफल पार्न आज प्रथम मनासलु महोत्सव हुने भएको छ । जिल्ला सदरमुकामबाट ५२ कोष उत्तरमा रहेको सामागाउँ गाउँ विकास समितिको सामा गाउँको चौरमा महोत्सव हुन लागेको हो । महोत्सवको आज विहान ११ बजे पर्यटन मन्त्री खड्ग बहादुर विश्वकर्माले उद्घाट्न गर्नुहुनेछ ।