– अश्विनी कोइराला
सन् २००६ मा गरिएको यस्तै एउटा सर्वेक्षणमा १ सय यौनकर्मीमध्ये १ दशमलव ४ मा मात्र एचआईभी पोजेटिभ हुने सम्भावना थियो। १५ वर्षपछि उक्त संख्या बढेर २० दसमलव १० पुगेको छ, अर्थात् कुनै पुरुषले बिनाकन्डम काठमाडौंका यौनकर्मीहरूसँग सम्पर्क राखे उसलाई एचआईभी हुने सम्भावना बढी छ। कारण सयमध्ये २० यौनकर्मीमा यो रोग हुनसक्ने अनुमान तथ्यांकले देखाएको छ। एचआईभी भए पनि पैसा कमाउन बाध्य भएकाले यो संख्या बढेको हो।
कार्यालय वा छिमेकीका विवाहित महिलाहरू पनि पेसेवर यौनकर्मी हुन सक्छन्। कम पढेलेखेका विवाहित महिलाहरूको आर्थिक अवस्थामा नाटकीय परिवर्तन आएको छ र उनको बाहिर देखिने गरी कुनै पेसा व्यवसाय छैन भने उनी पेसेवर यौनकर्मी हुन सक्ने सम्भावना प्रबल छ। यौनकर्मीहरूमध्ये ८८ प्रतिशतले मदिरालगायतका मादक पदार्थ सेवन गर्ने भए पनि उनीहरू आफ्नो टोलछिमेक वा आफन्तका अघि आफूलाई लुकाउन त्यस्ता पदार्थ सेवन गर्दैनन्। त्यसैले पनि टोलछिमेकमा उनीहरू यौनकर्मी हो-होइनन्, झट्टै थाहा पाउन सकिँदैन। सबैभन्दा रमाइलो कुरा टोल-छिमेकमा कसैले आफू यौनकर्मी हो भन्ने थाहा पाए भन्ने सुइँको पाउनेबित्तिकै उनीहरू रातारात डेरा सर्छन्।
विभिन्न सर्वेक्षणले सबैभन्दा बढी मंगोल समुदायका महिला पेसेवर यौन व्यवसायी भएको तथ्यांक पेस गरे पनि त्यो सत्य होइन। यौन व्यवसायमा बाहुन-क्षेत्री महिलाहरू बढी संलग्न छन्। नेवारहरू पनि यो पेसामा संलग्न छन्। अन्य समुदायका यौनकर्मीहरूले मदिरालगायतका मादक पदार्थ सेवन गरे पनि मधेसी समुदायका यौनकर्मीहरूमा त्यस्तो लत छैन।
यौनकर्मीका प्रमुख ग्राहक प्रहरी र सेना हुन्। दोस्रो नम्बरमा यातायात मजदुर र तेस्रोमा स्कुल-कलेजका विद्यार्थी। सेना-प्रहरीहरू लामो समय घर जान पाउँदैनन्। फलस्वरूप उनीहरू यौनकर्मीका ग्राहक हुन पुग्छन्। यातायात मजदुरसँग दैनिक आम्दानी हुने भएकाले रमाइलोका लागि त्यहाँ जान्छन् भने विद्यार्थीहरू पहिलो पटक यौन अनुभव हासिल गर्न यौनकर्मीकहाँ पुग्ने गरेका छन्। काठमाडौंका स्थायी बासिन्दाभन्दा अध्ययनका लागि राजधानी आउने विद्यार्थीहरू नै यौनकर्मीका ग्राहक छन्। कतिपय विद्यार्थीले यौनकर्मीसँग प्रेम गरेर विवाह गरेका उदाहरण पनि छन्।
बेलायतको अब्रेडिन विश्वविद्यालयमा अध्ययनरत डा. लक्ष्मी घिमिरेले आफ्नो विद्यावारिधि उपाधिका लागि गरेको बृहत् अनुसन्धानमा विभिन्न आश्चर्यजनक तथ्य बाहिर आएका छन्। तथ्याङ्कले यसअघि बाहिर आएका केही पक्षको खण्डन गरेको छ भने केही नयाँ तथ्य बाहिर आएका छन्।

काठमाडौंमा तीन किसिमका यौनकर्मी भएको तथ्यांङ्क बाहिर आएको छ। एकथरी यौनकर्मीहरू ग्राहक आकषिर्त गर्न सडकलाई आफ्नो आश्रयस्थल बनाउँछन्। यस्ता यौनकर्मीको शुल्क १ हजारभन्दा कम हुने गरेको छ। उनीहरू नजिकको होटल वा रेस्टुराँका गोप्य कोठालाई आफ्नो व्यवसायको थलो बनाउँछन्। होटल वा रेस्टुराँले स्थान उपलब्ध गराएबापत यौनकर्मीले लिएको शुल्कको आधा रकम पाउँछन्।
दोस्रो थरीका यौनकर्मी केही सुरक्षित छन्। उनीहरू मसाज, डान्स रेस्टुराँ, क्याबिन आदिमा रोजगार हुन्छन्। उनीहरूले ग्राहक पनि त्यहीँ पाउँछन्। शुल्क भने व्यक्तिगत मोलमोलाइका आधारमा तय हुने गरेको देखिन्छ। यद्यपि उनीहरूको शुल्क १ हजारको हाराहारीमा हुने गरेको छ।
तेस्रो थरीका यौनकर्मी भने शिक्षित एवं आकर्षक हुन्छन्। उनीहरू आफैं ग्राहकसँग प्रत्यक्ष मोलमोलाई गर्दैनन्। दलालले त्यसको जिम्मा लिन्छ। उनीहरू आवश्यक परेको स्थानमा पुग्छन् र राम्रो शुल्क लिन्छन्। डा. घिमिरेले भने सडकमा बसेर असुरक्षित व्यवसाय गर्ने तथा निश्चित स्थानमा सुरक्षित रूपमा व्यवसाय गर्ने भनी दुई भागमा बाँडेर त्यसको अध्ययन गरेकी थिइन्।
अब्रेडिन विश्वविद्यालयको प्रमुख चासो काठमाडौंका यौनकर्मीहरूमा फैलिरहेको एचआईपी पोजेटिभ हो। सन् २००६ मा गरिएको यस्तै एउटा सर्वेक्षणमा १ सय यौनकर्मीमध्ये १ दशमलव ४ मा मात्र एचआईभी पोजेटिभ हुने सम्भावना थियो। १५ वर्षपछि उक्त संख्या बढेर २० दसमलव १० पुगेको छ, अर्थात् कुनै पुरुषले बिनाकन्डम काठमाडौंका यौनकर्मीहरूसँग सम्पर्क राखे उसलाई एचआईभी हुने सम्भावना बढी छ। कारण सयमध्ये २० यौनकर्मीमा यो रोग हुनसक्ने अनुमान तथ्यांकले देखाएको छ। एचआईभी भए पनि पैसा कमाउन बाध्य भएकाले यो संख्या बढेको हो।
एकपटक एउटा यौनकर्मीसँग जाने ग्राहक अर्को पटक अर्को यौनकर्मीसँग पुग्ने भएकाले पनि यौनकर्मीहरू थप असुरक्षामा पुगेका हुन्।
८० प्रतिशतभन्दा बढी ग्राहकले कन्डम प्रयोग गर्दैनन् भन्ने तथ्य पनि यो अनुसन्धानबाट बाहिर आएको छ। विशेषगरी पहिलो वा दोस्रो पटक कन्डम प्रयोग गर्ने ग्राहकहरू तेस्रो पटकदेखि कन्डम प्रयोग गर्दैनन्। ‘हेर्दा स्वस्थ र सुकिलो देखिनेबित्तिकै यौनकर्मीमा उसलाई एचआईभी छैन भन्ने हुन्छ।’ अनुसन्धानकर्ता डा. घिमिरे भन्छिन्, ‘अलिकति दुब्लो-पातलो एवं साधारण पोसाकका व्यक्तिहरूसँग मात्र उनीहरूलाई रोगको डर हुने गरेको मैले पाएँ।’ यो क्षेत्रमा एचआईभी तीव्र गतिले बढ्नुको मुख्य कारण मोटो-घाटो र नियमित ग्राहकलाई एचआइभी हुँदैन भन्ने धारणाले नै काम गरेको छ। ग्राहकहरूले ‘म तिमीसँग मात्र सम्बन्ध राख्छु’ भन्ने गरेकाले पनि बिनाकन्डम सम्पर्क गर्ने वातावरण बनेको पनि देखिएको छ। यौनकर्मीहरूलाई कन्डम प्रयोग गराउन विभिन्न गैरसरकारी संस्थाले सित्तैंमा कन्डम बाँड्ने, विभिन्न तालिम दिने आदि काम गरे पनि त्यो प्रभावकारी हुन नसकेको डा. घिमिरेको अनुसन्धानमा उल्लेख छ। यद्यपि विदेशी पर्यटकहरू भने नेपाली यौनकर्मीसँग सम्पर्क राख्दा अनिवार्य कन्डम प्रयोग गर्छन्।
काठमाडौंमा १५ देखि ४५ वर्षसम्मका यौनकर्मीहरू नियमित यो व्यवसाय गर्छन्। तीमध्ये ७७ प्रतिशत महिलाले दिनको दुईदेखि चार जना ग्राहक पाउने गरेका छन्। १६ प्रतिशत यौनकर्मीले दिनमा एउटा ग्राहकसँग मात्र व्यवसाय गर्छन्। एउटा मात्र ग्राहकसँग सम्पर्क राख्ने महिलाहरू पढेलेखेका हुनुका साथै उनीहरूले राम्रो शुल्क लिने गरेको पाइएको छ। नयाँ आएका यौनकर्मीहरू अध्ययन र फेसनमा सचेत भएका कारण उनीहरूको शुल्क बढेको हो। शुल्क बढेकै कारण उनीहरू थोरै ग्राहकसँग सम्पर्क राख्छन् र महँगो शुल्क लिन्छन्। नयाँ यौनकर्मीका कारण पुराना यौनकर्मीहरू प्रतिस्पर्धा बढेको महसुस गर्न थालेका छन्। पछिल्लो समयमा सञ्चारमाध्यममा आएका महिलाहरूले पनि यो पेसा अपनाउन थालेको पाइएको छ। ‘टेलिभिजनमा अभिनय गरेकी महिलासँग पनि मैले लामो अन्तर्वार्ता लिए,’ डा. घिमिरे भन्छिन्, ‘सञ्चारमाध्यममा देखिसकेपछि युवतीको शुल्क बढ्ने हुनाले पनि उनीहरूको ध्यान त्यसतर्फ गएको हो।’
अनुसन्धानमा लामो समय यौन पेसा गरेर बसे पनि २१ प्रतिशतले अहिलेसम्म स्वास्थ्य परीक्षण गराएका छैनन्। स्वास्थ्यसेवा लिनेमध्ये २६ प्रतिशतलाई गैरसरकारी संस्थाहरूले एकपटक अस्पताल पुर्याएका थिए भने कतिपयले प्राइभेट क्लिनिकमा उपचार गराएका थिए। जबसम्म गम्भीर रोग लाग्दैन तबसम्म औषधी पसलमा वा निजी क्लिनिकमा गएर औषधी खाने चलन मात्र रहेको अनुसन्धानले देखाएको छ। एचआईभीको चर्को त्रास उनीहरूमा देखिएको छैन।

समस्या नयाँ-नयाँयौनकर्मीमा यौनरोगबाहेक मानसिक रोग पनि बढिरहेको अनुसन्धानमा देखिएको छ। अत्यधिक मदिरा सेवन गर्ने, तुरुन्तै रुने र तुरुन्तै हाँस्ने, बाक्लो मेकअप गर्ने, अत्यधिक किनमेल गर्ने उनीहरूको बानीकै कारण मानसिक रोग बढ्दै गएको देखिएको हो। ‘पैसा भए पनि माया प्रेमको अभावले यस्ता समस्या देखिएका हुन्।’ डा. घिमिरे भन्छिन्, ‘बाहिर हेर्दा चिटिक्क पर्ने, हाँसेर बोल्ने तर कसैले माया गर्न थाल्यो भने आँसु झर्ने समस्या उनीहरूमा देखिन्छ।’ पहिलो अन्तर्वार्तामा जीवन अत्यधिक रमाइलो छ, जीवन मोजमा बिताउनुपर्छ भन्नेहरूसँग लक्ष्मीले सात महिना बिताउँदा उनीहरूले आफ्नो जीवन नरक भएको बताएका थिए। आफ्नो पीडा बिर्सन उनीहरूले मदिरा तथा गाँजाका अतिरिक्त कडा लागूपदार्थ सेवन गर्छन्।
समाज र नजिकका आफन्तले चिन्ने डरले उनीहरूले सहर परिवर्तन गरेर पेसा सञ्चाल न गरेको अनुसन्धानमा देखिएको छ। काठमाडौंमा यो पेसा चलाउनेहरू बाहिरबाट आएका छन् भने काठमाडौंका यौनकर्मीहरू पोखरा तथा चितवन जाने गरेका छन्। सबैभन्दा रमाइलो कुरा यी सबैसँग उनीहरूको राम्रो नेटवर्किङ छ। काठमाडौंको कुनै ग्राहक पोखरा गयो भê