
यसपटक नजिकिँदै गरेको बुद्धजयन्तीका दिन तपाईंले आफ्नो गन्तव्य विश्व शान्तिका अग्रदूत भगवान गौतमबुद्ध जन्मस्थल लुम्बिनीलाई छान्नुभएको छ र त्यहाँ गएर तपाईंहरू कहाँ बस्ने भनेर हतारिनु भएको छ भने तपाईंहरू आत्तिनु पर्दैन । लुम्बिनीमा तपाईंहरूको बजेटअनुसार एकसेएक होटलहरू सञ्चालित छन्
होटल पार्क भिलेज होटल एन्ड रिसोर्ट।
यस पटकको गन्तव्यमा हामीहरूले लुम्बिनीमा सञ्चालित उत्कृष्ट होटल तथा रिसोर्टहरूका बारेमा केही जानकारी पस्केका छौं । लामो दूरी तय गरेर तपाईं लुम्बिनी पुग्दा त्यहाँका होटलहरूले पस्कने आतिथ्यता, सेवा र सुविधाबाट तपाईं प्रसन्न हुने मात्र होइन यात्राका क्रममा भएका थकानहरू पूरा हुनेछन् ।
लुम्बिनीमा पर्यटकीय स्तरीय तथा साना ठूला गरी दुई दर्जन होटल छन् । ठूलास्तरीय होटलहरूले पनि नेपालीहरूको खर्चले भ्याउने गरी कोठाहरू उपलब्ध गराइरहेको लुम्बिनीमा अवस्थित सबैभन्दा पुरानो जापानीज होटल होक्केका प्रबन्ध निर्देशक सुभाष शर्माले बताए । नेपाल पर्यटन वर्ष