देल्ली डेरडेभिल्सलाई हराउँदै चेनई सुपर किंग्स इण्डियन प्रिमियर लिगको शीर्ष स्थानमा

महेन्द्रसिंह धोनी र बद्रीनाथको अर्धशतकको मद्दतले देल्ली डेरडेभिल्सलाई १८ रनले हराउँदै चेनई सुपर किंग्स इण्डियन प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। पहिले ब्याटिङ गरेको चेनइले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ७६ रन जोड्यो।

 

एक सय ७६ रन जोड्ने क्रममा धोनीले सर्वाधिक अविजित ६३ र बद्रीनाथले ५५ रनको योगदान दिए। जवाफमा १ सय ७७ रनको विजय ल73य पच्छ्याएको देल्ली २० ओभरमा ६ विकेट गुमाउँदै १५८ रनमा समेटियो। देल्लीको लागि इरफान पथानले ४४  र भिनु गोपाल राओले ३० रन जोड्दा अन्य खेलाडीहरु क्रिजमा टिक्न सकेनन्। बलिङ्गमा ब्राभो र आविनले दुई दुई विकेट झारेका थिए।

 

यसरी १८ रनको जितसँगै चेनइले १६ अंक जोडेको छ र रनरेटको आधारमा शीर्ष स्थानमा उक्लिएको छ। चेनइको भनदा एक खेल कम खेलेको मुम्बाइ इण्डियनससँग पनि १६ अंक नै रहेको छ। प्रतियोगिता अन्तर्गत आज कोची टसकर्स र किंग्स इलाभेन पञ्जाबबीच प्रतिष्पर्धा हुनेछ।