बाजुराका दुई बालक विगत पाँच दिनदेखि बेखबर

बाजुरा – बाजुराको कुल्देवमाण्डौं गाविस-५ बानेगाउँ घर भएका दुई बालक विगत पाँच दिनदेखि बेखबर छन् ।

९ वर्षीय हिमाल मिजार र १० वर्षीय विनोद मिजार जेठ १ गते साँझदेखि बेखबर भएका अभिभावकहरुले बताए । पाँच दिनअघिदेखि बेखबर भएपछि खोजी गरिरहेका भएपनि हाल सम्म फेला नपारेको अभिभावक विकास मिजारले बताएका छन् ।

बेखबर बालकहरु स्थानीय राजेन्द्र प्राविमा कक्षा ३ र चारमा अध्ययनरत थिए । हाल उनीहरुको खोजी गरिरहेका मिजारले बताए ।