काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लडाकु समायोजनको संख्या र संरचनाबारे छलफल गर्न सत्तारुढ माओवादी र एमालेका शीर्ष नेताहरुसँग गोकर्णमा आज बिहान हुने भनिएको पूर्व निर्धारित बैठकमा अनुपस्थित भई साना दलको बैठक डाकेको छ।
गोकर्णमा हुने सो छलफलबाट शान्ति प्रक्रियाको महत्त्वपूर्ण भाग लडाकु समायोजनसम्बन्धी सहमति हुने अपेक्षा राखिएको थियो। सो बैठकपछि लडाकुसम्बन्धी विशेष समितिको बैठक पनि बस्दै थियो। तर तीन दलको बैठक स्थगित भएसँगै समितिको बैठक पनि अन्यौलमा परेको छ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको साना दलसितको बैठकमा कांग्रेसले आफ्ना १० बूँदे शर्त पालना गराउन दबाब दिने रणनीति विषयमा छलफल गर्ने बुझिएको छ। बैठकमा प्रतिपक्षमा रहेका मधेसवादी दलहरु, राजपा, राप्रपालगायतका दल सहभागी छन्। यिनै दलबीच हिजो संविधान सभाको म्याद थप्ने