– कृष्ण खनाल
बुटवल १० जेठ । नेकपा माओवादी द्धारा आह्वहान गरिएको नेपाल बन्दका कारण बुटवल लगाएत लुम्बिनी अाचलकै जनजिवन प्रभावित भयो ।
बन्दकर्ताहरुले आज विहान बुटवलको कालिकानगरमा एक शिक्षक सवार मोटरसाईकलमा आगजानी गरेका छन भने रुपन्देहीकै सालझण्डीमा एक भारतिय गाडीमा आगजनी गरि क्षती पुर् याएका छन ।
बुटवलको कालिकानगरबाट बुटवल बजार तर्फ आउदै गरेको लु ९ प २५४ नम्बरको मोटरसाईकलमा आगजानी गर्ने क्रममा मोटरसाईकलमा सवार नवलपरासी जिल्ला रामग्राम नगरपालीका वार्ड नः४ बस्ने शिक्षक साजय नापित घाईते भएका छन भने मोटरसाईकल पुर्ण रुपमा क्षतीग्रस्त भएको छ । आगलागीबाट घाईते शिक्षकको हाल लुम्बिनी अाचल अस्पताल बुटवलमा उपचार भईरहेको छ । आगजनीमा संलग्न भएको अभियोगमा प्रहरीले बुटवलको कालिकानगरबाट २ जना लाई पक्राउ गरेको छ भने भारतीय गाडीमा आगजानी गर्ने १५= २० जनको समुह आगजनीका पश्चात फरार भएका छन । सालझण्डीको फायरलाईन जंगल नजिक भएको आगजानीमा परी यु।पि।३२ सिएन् ५९३७ नम्बरको महिन्द्रा जिप जलेर पुर्ण रुपमा क्षतीग्रस्त भएको प्रहरीले जनाएको छ ।
त्यस्तैगरी बन्द कर्ताहरुले आजै पुर्व – पश्चिम राजमार्ग अन्र्तगत नवलपरासिको दिव्यपुरीमा ना ३ ख ६५९७ नम्बरको ट्रकमा आगजानी गरि क्षती पुर् याईएको छ ।



