– कृष्ण खनाल
बुटवल १८ जेठ । रोट्र् याक क्लव अफ बुटवले हरेको बर्ष जस्तै यस बर्ष पनि भलिवल प्रतियोगिता सम्पन्न गरेको छ । गएको जेठ १४ र १५ गते सम्पन्न भलिवलको उपाधि रोटर् याक क्लव अफ बुटवल साउथले हात पारेको छ । फाइनलमा रोटरी क्लव अफ बुटवल डाउन टाउनलाई पाखा लगाउदै रोटर् याक विजयी भएको छ ।
बिजयी टोलीलाई जिल्ला भलिवल संघ रुपन्देहीको अध्यक्ष विस्नु श्रेष्ठले पुरुस्कार शिल्ड मेडल र प्रमाणपत्र दिएका थिए । रोटरी र रोटर् याक गरि विभिन्न ६ समुहको सहभगिता रहेको प्रतियोगिताको समापान समारोह एसियन समुह दिपनगरले आयोजकले दुई अेाटा भलिवल र नेट पनि प्रदान गरेका थिए । समान समारोह आयोजक क्लवका अध्यक्ष यम प्रसाद तिवारीको अध्यक्षतामा भएको थियो ।