– कृष्ण खनाल
बुटवल १८ जेठ । न्यु होराइजन कप अन्तर विद्यालय कि्रकेट प्रतियोगितामा मगलबारदेखि दोस्रो चरणका खेलहरु सुरु भएको छ । दोस्रो चरणको पहिलो खेलमा मगलबार सनसाइनले एपेक्स र होराइजनले नवज्योतिलाई हराएको छ । पहिलो खेलमा सनसाइन वोर्डिङ स्कुलले एपेक्स वोडिङलाई सात विकेटले पराजित गर् यो । टस जितेर पहिले व्याटिङ गरेको एपेक्स १६-२ ओभरमा अलआउट हुदै ४९ रनको झिनो योगफलमा समेटियो । उसका लागि सुमित भण्डारीले १५ रन बनाउनुवाहेक अन्य कुनै खेलाडीले गतिलो व्याटिङ गर्न सकेन । एपेक्सको इनिङलाई ध्वस्त बनाउन सनसाइनका दुई चौधरीले उत्कृष्ट बलिङ गरे । म्यान अफ दि म्याच समेत रहेका अजित चौधरीले चार विकेट लिए भने विवेक चौधरीले दुई व्याट्सम्यानलाई सिकार बनाए । यता ५० रनको झिनो लक्ष्य पछ्याएको सनसाइनले १५।२ ओभरमा ने लक्ष्य भेटायो । रोहन चौधरीले सनसाइनको जितमा १५ रनको योगदान दिए । एपेक्सका सघर्ष थापाले दुई विकेट लिए तर जितका लागि पार्यप्त भएन ।
मगलबार भएको दोस्रो खेलमा आयोजक होराइजनले नवज्योति वोडिङ स्कुल मणिग्रामलाई पाखा लगायो । सिद्धार्थ रंगशालामा हिलो पहिले टस जितेर व्याटिङमा उत्रिएको नवज्योतिले निर्धारित विस ओभरमा ९ विकेट गुमाउदै ९५ रनको समान्य योगफल बनयो । गविन्द न्यौपानेले २० र सुजन अर्यालले १८ रनको व्यक्तिगत स्कोर बनाएर नवज्योतिले आयोजक सामु ९६ रनको लक्ष्य तेसा्रयो । प्रतिउत्तरमा मैदानमा आएका होराइजनले १८।५ ओभरमा ३ विकेटमा जित हात पार् यो । प्रकाश केसीले अविजित ३४ रन बनाए भने योगेश ढकालले २७ र देवेन्द्र डुम्रेले अविजित २० रन योगदान दिदा होराइनले यो बर्ष पनि उपाधि जित्ने आशालाई जिवित राख्यो । उसको जितमा म्यान अफ दि म्याच समेत र नविन श्रेष्ठले ३ विकेट लिएका थिए ।
सोमवारको खेलमा सेन्ट जोसेफ उच्च मावि भलवारीले र दीप वोर्डिङ स्कुल विजयी हुदै अघिल्लो चरणमा प्रवेश गरेको थियो । प्रतियोगितामा आज पहिलो खेलमा बुद्ध ज्योति वोडिङ स्कुल भैरहवा र जेसिस किन्टर गार्डेन भैरहवा विच खेलमा हुनेछ भने दोस्रो खेलमा मिनार्वा वोर्डिङ स्कुल पडसरी र सिद्धार्थ वोर्डिङ स्कुल शकरनगर विच खेल हुने खेल सयोजक शक्ति गौचनले जानकारी दिए ।
बर्षाका कारण दुवै खेलमा १२ ओभरमा झारिएको थियो । सोमबार पहिलो खेलमा सेन्ट जोसेफले स्मृति वॊेडिङ स्कुल शंकरनगरलाई २० रनले हराउदै अघिल्लो चरणमा स्थान बनायो । टस हारेर पहिले फिल्डिङको निम्तो पाएको सेन्ट जोसेफले निर्धारित १२ ओभरमा सात विकेटको नोक्सानीमा ७५ रनको योगफल बनाएको थियो । म्यान अफ दि म्याच समेत रहेका सुमन कुमालले १७ रनको योगफल टिमको जितका लागि दिएका थिए । त्यस्तै अशोक चौधरीले १३ र गविन्द थापाले १२ रन बनाउदा जोफेसले स्मृति सामु ७६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । सिद्धार्थ रंगशालामा ७६ रनको लक्ष्य पछ्याएको स्मृति ५५ रनमा नै पाच विकेटको क्षतिमा समेटिए पछि खेल सेन्ट जोफेसले २० रनले आफ्नो पक्षमा पारेको हो । स्मृतिका लागि अक्क्षा क्षेत्रीले २५ रन बनाउनु बाहेक अरु कुनै व्याट्सम्यान जम्न नसक्दा प्रतियोगिताबाट पहिलो खेलमा नै पराजित हुदै बाहिरीयो । स्मृतिका अक्क्षा क्षेत्रीले २ र दिपक केसीले दुई विकेट लिएका थिए जुन जितका लागि पार्यप्त हुन सकेन । सोमबार भएको दोस्रो खेलमा काशी नोवल एकेडेमी भैरहवालाई प्रतियोगिताबाट बाहिरा फाल्दै दिप वोर्डिङ बुटवल सुख्खानगर दोस्रो चरणमा स्थान बनाउन सफल रह्यो ।
पहिले व्याटिङ गरेको काशी नोवलले निर्धारित १२ ओभर खेल्दा ६ विकेटको क्षतिमा ५३ रनको झिनो योगफलमा समेटिन पुग्यो । उसका लागि अनिल गोतामेले ११ र सन्देश रानाले १० रन बनाउनु बाहेक अन्य कुनै व्याट्सम्यानले राम्रो खेल्न नसकेपछि ५३ रनको समान्य योगफलमा नै खुम्चिन पुगेको थियो । प्रतिउत्तरमा मैदानमा आएको दिप बोडिङ स्कुल ६।५ ओभर खेल्दा नै लक्ष्य भेटायो । दिपका लागि म्यान अफ दि म्याच समेत रहेका राज कुमार रक्ष्मीलेले ३६ रनको विस्फोटक पारी खेलेक थिए । उसले दुई विकेटको क्षतिामा लक्ष्य भेटाउदा आठ विकेटको सानदार जित दर्ता गराउदै दिपले अर्को चरणमा ठाउ बनाएको हो । काशी नोवलका अशिष पान्डेले दुई विकेट लिए भने दिपका विनोद महतराले दुई विकेट लिए । आइतबारको खेलमा आयोजक न्यु होराइजन जेसिस किन्टर गार्टेन र नव ज्योति स्कुल मणिग्राम विजयी भएका थिए ।
विद्यार्थीका अतिरिक्ति कि्रयाकलाप बृद्धि गर्ने उदेश्यका साथ न्यु होराइजन वोर्डिङ स्कुल बुटवलले यस बर्ष पनि न्यु होराइजन अन्तरस्कुल स्तरीय कि्रकेट प्रतियोगिता गरिरहेको छ । जिल्लाका भरिको २० विद्यालयको सहभगिता रहको छ । विद्यालयको दशौ सस्करणको रुपमा रहने प्रतियोगिताको विजेताले नगद शिल्ड सहित विस हजार पाउनेछन भने उपविजेता दश हजार पाउने प्रतियोगिताका सयोजक शक्ति गौचनले जानकारी दिए । टि ट्वान्टीको सस्करणमा खेलाइने प्रतियोगिता भैरहवामा रहेका सिद्धार्थ रंगशालामा साचालन भैरहेको छ । विहान आठ बजे र दिउसो तिन बजे गरेर दिनमा दुई खेल भैरहेको छ । आउदो २१ गते सम्म चल्ने प्रतियोगिताको लागि एक लाख पचास हजार लाग्ने अनुमान विद्यालय गरेको छ । गत बर्षका सस्करणहरु बुटवलमा ने साचालन गरिएको भए पनि मैदानको समास्याले गर्दा भैरहवा गर्नुपरेको खेल सयोजक गौचनले दावी गरे । प्रतियोगिताको अघिल्लो सस्करण आयोजक न्यु होराइजनले नै जितेको छ ।