
– भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्ने, विदेशमा लुकाइएको
भारतीय रुपैयाँ स्वदेश फिर्ता गर्नुपर्ने लगायतका भ्रष्टाचारविरोधी माग राखी भारतमा
स्वामी रामदेवले गरेको आमरण अनसनलाई पतञ्जलि योग समिति नेपालले शनिबार समर्थन गरेको
छ ।
समितिले सांकेतिक रूपमा मण्डिखाटार र वरिपरि त्यसको समर्थनमा र्याली निकालेको
थियो । आइतबार योग शिक्षकले एक छाक खाना नखाने निर्णय गरेका छन् । नेपालमा २० हजार
जना योग शिक्षक रहेको डा. चन्द्रमणि खनालले जानकारी दिए । भारतमा हड्ताल जारी रहे
नेपालमा पनि रिले अनसन गर्ने कार्यक्रम तय भएको उनले बताए ।



