साढे दुई वर्षीय बालकले प्याराग्लाइडिङ उडेर नयाँ कीर्तिमानी सहास कायम गरे

कास्की – एक साढे दुई वर्षीय बालकले प्याराग्लाइडिङ उडेर नयाँ
कीर्तिमानी सहास कायम गरेका छन् ।

चावाहिल काडमाडौंका शालिन थापाले सानै उमेरमा सहासका साथ प्याराग्लाइडिङमा उडेर
आइतबार बिहान पोखरामा नयाँ कीर्तिमान राखेका हुन् ।

ठूला मानिसहरु समेत प्याराग्लाइडिङमा उडन मुटु कमाउनु पर्ने अवस्थामा उनी
सराङकोट प्याराग्लाइडिङका पाइलट घनश्याम गौतमसंगै उडेर सहास देखाएका हुन् । उनी
सराङकोटको आकाशबाट १६ सय मिटर माथिको आकाशमा कावा खाँदै लेकसाइडको खपौदीमा अवतरण
गरेका हुन् । यो अहिले सम्मकै सबै भन्दा सानो उमेरका बालक प्याराग्लाइडिङमा आकाशमा
उडेका सराङकोट प्याराग्लइडिङका संचालक सोभित बानियाँले बताए ।