_20110612090404.jpg)
काठमाडौ – चारपल्टको विजेता एनआरटी र मेगा थ्री-स्टारले सहिद स्मारक
रेडबुल ‘ए’ डिभिजन लिगमा समान सातौं जित शनिबार हात पारेका छन् । अपराजित खेल
संख्या ५ पुर्याउने क्रममा फ्रेन्ड्सले एपीएफलाई हलचोकस्थित उसैको मैदानमा ३-२
निराश पार्यो ।
एनआरटीले ‘जायन्ट किलर’ महिन्द्रा बाँसबारीलाई २-१ र थ्री-स्टारले बि्रगेड
ब्वाइजलाई २-० ले पराजित गरे । जितसँगै दुवैले ६ पल्टको विजेता लक्ष्मी हुन्डाई
मनाङ-मस्र्याङ्दीसरह २२ अंक बनाएका छन् । एक खेल कम खेलेको मनाङ गोल अन्तरका आधारमा
तेस्रो, थ्री-स्टार चौथो र एनआरटी पाँचौंमा
छन् । चार अंक बढीमा पुलिस शीर्ष स्थानमा छ । दोस्रोमा रहेको जावलाखेलको २३ अंक
छ ।
पाँचौं चरणसम्म शीर्ष स्थानको क्लबसँग आठ अंकले पछि परेको स्थिति सुधार्दै
थ्री-स्टार उपाधि होडमा फर्केको हो । ‘टिममा एकता भएकाले सफलता हात लागेको हो,’
थ्री-स्टार प्रशिक्षक मेघराज केसीले भने, ‘हाम्रो टिम मध्यम स्तरको हो । कमजोर
भनिएको टिमलाई पनि धेरै गोल गर्न सकेको छैन । त्यसैले टिमअनुसार राम्रो नतिजा हात
पार्दै आएका छौं । निरन्तर ५ जितपछि बल्ल माथिल्लो स्तरमा आएका छौं ।’
थ्री-स्टारले शीर्ष आठमध्ये डिफेन्डिङ च्याम्पियन पुलिससँग मात्र खेल्न बाँकी छ
। पाँचौं चरणमा आरसीटीसँग हार बेहोरेयता उसले कठिन प्रतिद्वन्द्वी मानिएका सामसुङ
जावलाखेल, लक्ष्मी हुन्डाई मनाङ-मस्र्याङ्दी, एनआरटी र बौद्धलाई समान १-० ले हराएको
थियो । चौथो चरणमा स्वयम्भूलाई २-० ले हराएयता पहिलोपल्ट उसले एकभन्दा धेरै गोल
गरेको हो ।
थ्री-स्टारको दुवै गोल लोभलाग्दो रह्यो । विषाद गौचनले पेनाल्टी
क्षेत्रबाहिरबाटै प्रहार गरेको बलले सुन्दर ढंगले जाली चुमेपछि थ्री-स्टार दोस्रो
मिनेटमै अगाडि बढेको
थियो । उनकै क्रसमा विक्रम लामाले प्रहार गरेको ‘डाइभिङ हेड’ मा दोस्रो गोल ५९
औं मिनेटमा सम्भव भयो ।
‘राम्रो खेल्यौं,’ प्रशिक्षक केसीले भने, ‘राम्रो मुभ थुप्रै बनाएका थियौं ।
पोस्ट आक्रमण गरे पनि थप गोल भएन ।’ बि्रगेड ब्वाइजका म्यानेजर अरविन्द गुरुङले
बराबरी गर्ने लक्ष्य पूरा नभएको बताए । बि्रगेड ब्वाइज ७ अंकसहित १३ औं स्थानमा छ ।
पछिल्ला चार खेलमा दोस्रो जित रच्न एनआरटीले बाँसबारीलाई २-१ ले हरायो ।
सब्स्िटच्युट असिमजंग कार्कीले ७१ औं मिनेटमा निणर्ायक गोल गरेपछि एनआरटीको जित
सम्भव भयो । बाँसबारीका गोलकिपर लक्की कार्की अगाडि बढेको स्थितिमा उनले ‘चिप’
गर्दै बललाई पोस्टको दिशा दिएका थिए ।
रोशन लामिछानेले उत्कृष्ट रूपमा ३ डिफेन्सलाई छक्याएर उपलब्ध गराएको बललाई आरोन
ब्ल्याकी कोलले छैटौं मिनेटमा गोल गरेपछि एनआरटीले अग्रता लिएको थियो ।
सब्स्टिच्युट नवीन लामाले पहिलो हाफको इन्ज्युरी टाइममा गोल गर्दै बाँसबारीलाई १-१
को बराबरीमा पुर्याएका थिए ।
फ्रेन्ड्सले एक गोलले पछि परेको स्थिति उल्टाएर चौथो जित आत्मसात् गरेको हो ।
एपीएफकै पूर्वखेलाडी टंक स्याङ्तनले ७६ औं मिनेटमा निर्णायक गोल गरे । यसअघि २५ औं
मिनेटमा गणेश लावतीको गोलमा एपीएफले अग्रता लिएको थियो । सन्तोष तामाङले ३३ र ४९ औं
मिनेटमा गोल गर्दै फ्रेन्ड्सलाई २-१ मा पुर्याए ।
एपीएफका टोपबहादुर विष्टले ६७ औं मिनेटमा गोल गर्दै खेल २-२ मा पुर्याएका थिए ।
निरन्तर चार खेल हारेयताका ५ खेलमा अपराजित रहँदै फ्रेन्ड्स १४ अंक जोडेर नवौंमा
उक्लियो । पछिल्ला ५ खेलमा पहिलो हार बेहोरेको एपीएफ १० अंकसहित १२ औंमा छ ।
बाँसबारी ६ अंकसहित १४ औं स्थानमा छ ।
ली ताएलाई एन्फाको सचेत काठमाडौं- लक्ष्मी हुन्डाई मनाङ-मस्र्याङ्दीका दक्षिण
कोरियाली प्रशिक्षक ली ताए होलाई एन्फाले रेफ्रीसँग विवाद नगर्न शनिबार सचेत
गराएको छ । महिन्द्रा बाँसबारीविरुद्ध बिहीबारको खेलमा रेफ्रीसँग विवाद गरेकाले
उनलाई सचेत गराइएको एन्फाले विज्ञप्तिमार्फत् जनाएको छ ।



